जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले आफ्नो अग्रता कायम राखेका छन् ।पछिल्लो नतिजा अनुसार यहाँ प्रतिनिधिसभा तर्फ गणना भएको १४ हजार ७६९ मतमा शाहीको पक्षमा ७ हजार नौ सय ५९ मत आएको छ भने उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले ३ हजार पाँच सय ८२ मत प्राप्त गरेकी छन् । । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रतननाथ योगी १८ सय २ मतमा सीमित हुँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले चार सय ४४५ मत पाएका छन् भने बदर मत ८०२ रहको मुख्य निर्वाचन अधिकृतको कार्यलय जुम्लाले बताएको छ।