तिलामा आगलागिबाट मानबहादुर रोकायाको घरजलेर नष्ट

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ६ घोडेमा आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । शनिबार विहान करिव ११ बजे मान बहादुर रोकायाको घर आगलागि भई जलेर नष्ट भएको हो ।

विहान अमा बुबाहरु काम गर्न गएको समयमा बालबच्चाहरुले घरमा ठुलो आगोबालेर ताप्ने क्रममा आगलागि भएको वडा अध्यक्ष जंग रोकायाले बताए ।

आगलागिबाट मानविय क्षेति नभए पनि घरमा रहेका लत्ताकपडा, अन्न पूर्णरुपमा नष्ट भएको अध्यक्ष रोकायाले न्यूज सरोकारलाई जानकारी दिए ।

सम्बन्धित शीर्षक