पहिरोले मुहान पुरिँदा रिपीमा खानेपानीको हाहाकार

मंगलबारबाट परेको अविरल वर्षाले जुम्लाको तिला गाउँपालिका ६ रिपीमा खानेपानीको हाहाकार भएको छ। अहिले उक्त बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको छ।

अविरल वर्ष सागै आएको बाढी र पहिरोले पानीका सबै मुहान पुरिँदा खानेपानीको हाहाकार भएको बाढी पीडित सुर्य रावतले बताए । उहाँका अनुसार बाढीले तिलागाउँपालिका अधिकांश खेतबारी,आधुनिक घट्ट, आवतजावत गर्ने काठका पुल,बालिनालिमा ठुलो क्षेति पु¥याएको जानकारी दिए।

लगातारको वर्षले जुम्लाकोटको विद्युतघर र तिलाका दजनौं घट्टहरु ,खोपनीको मुहानमा क्षति पु¥याएको छ । त्यस्तै ९० वर्षका अर्का बाढी पीडित रविलाल रावतले भने,‘यस्तो पानी आएको त देको थिए ।’ तर, म जेन्मे देखि बाढीपहिरोले यति ठुलो क्षति पु¥याएको पहिलो पटक देखेको उनले बताए ।

सम्बन्धित शीर्षक