आठ पटक गर्ववति जाँच गर्नु पर्छ ः प्रतिष्ठानकी मिडवाइफ्रि अफिसर खरेल

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाकी मिडवाईफ्रि अफिर तुल्सी खेरलले गर्ववति महिलाले आठ पटक गर्ववति जाँच गर्नु पर्ने बताउनु भएको छ। यो भन्दा अगाडि चार पटक मात्रै गर्ववति जाँच गर्नु पर्ने भएता पनि नयाँ तालिका अनुसार आठ पटक अनिवार्य गर्ववति जाँच गर्नु पर्ने खरेलको भनाई छ। उहाँले भन्नु भयो कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा यो भन्दा अगाडि चार महिना, छ महिना,आठ महिना र नौ महिनामा गरेर चार पटक गर्ववति जाँच गरिन्थ्यो तर आर्थिक बर्ष २०७९⁄८० बाट अनिवार्य आठ पटक जाँच गर्ने गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले सन २०१६ मा नयाँ प्रोटोकल सार्बजानिक गरि आठ पटक गर्ववति जाँच गर्ने तालिका सार्वजानिक गरेको र यसलाई नेपाल सरकारले पनि साथ र सर्मथन जनाउदै लागु गरिरहेको मिडवाइफ्रि अफिसर खरेलले भन्नु भयो। । पहिलाको तालिका अनुसार गर्ववति जाँच गराउदा गर्ववति महिलाहरुमा देखा पर्ने सबै समस्याहरुको पहिचान गर्न नसकिने र समयमै समधान गर्न पनि नसकिने भएकाले विश्व स्वास्थ्य संगठनले नयाँ तालिका निकालेको हो। उहाले भन्नु भयो पहिला सिधै चार महिना अर्थात १६ हप्तामा जाँच गरिन्थ्यो भने अहिले १२ हप्ताबाट नै जाँच गरिन्छ। १२ हप्तामा जाँच गर्दा रगतको समुहको, हेमोग्लोबिन अर्थात शरिरमा कति रगत छ भनि जाँच गरिनुको साथै एच आइ भि ,हेपटाईटिस बि जस्ता यौन जन्य सरुवा रोगहरुको पनि जाँच गरिन्छ यसको साथै फोलिक एसिड खानलाई पनि सल्लाह दिने गरिएको छ। उहाले भन्नु भयो १६ हप्तामा गर्व जाँच गरिनुको साथै गर्ववतिलाई टिडि खोप पनि लगाइन्छ संगसंगै आईरन, क्यालसिएम र जुकाको औषधि पनि दिइन्छ। यस्तै २० देखि २४ हप्तामा एनोमोलि स्क्यान अर्थात गर्वमा रहेको बच्चाको शारिरिक अबस्था कस्तो छ भनि भिडियो एक्सेरे गरेर पनि हर्ने गरिन्छ। यस्तै २८, ३२, ३४,३६ र ३८ हप्तामा गरि जम्मा आठ पटक गर्ववति जाँच गरिन्छ। बिशेष गरि गर्ववतिको अन्तिम तिन महिनामा सुत्केरी हुदा चाहिने सामान, यातायातको ब्यवस्था,कुन स्वास्थ्य सस्थामा जाने, सुत्केरी हुदा कसलाई साथमा राख्ने, रगत दिने मान्छेको व्यवस्था, आमा र बच्चाको लागि चाहिने लत्ताकपडा आदिको बारेमा सल्लाह पनि दिने गरेको मिडवाईफ्रि अफिर खेरलको भनाई छ। यसको साथै आमा र बच्चा दुबैको स्वास्थ्य रामा्रे हुनका लागि आफनै गाउघरमा उत्पादित ताजा र सफा फलफुल,सागपात,अन्न,गेडागुडि खानमा गर्ववतिले जोड दिनु पर्दछ।

 

सम्बन्धित शीर्षक