धाँण थपला देउडा समाजद्धरा ढिमीमा २०० देबद्यारका बिरुवा रोपियो

धाँण थपला देउडा समाजले धाँण थपला सामुदायिक बन क्षेत्र भित्र पर्ने ढिमिमा २०० वटा देबद्यारका बिरुवा रोपेको छ। वातवरणको संरक्षन र पर्बधन गर्ने उदश्यले बिरुवा रोपिएको धाँण थपला देउडा समाजका अध्यक्ष कालिबहादुर बुढथापाले बताउनु भएको छ। यस्तै चन्दननाथ नगरपालिका एकका वडा अध्यक्ष एवम चन्दननाथ नगरपालिकाका कार्यबाहक मेयर तिलक प्रसाद न्यौपानेले दुई सय वटा देबद्यारका बिरुवा रोपिएको बताउनु भयो। देबद्यारका बिरुवा भन्दा सजिलै संग हुर्केने र यसको.काठ पनि बलियो हुने भएकाले देबद्यारका बिरुवा नै रोपिएको काबा मेयर न्यौपानेको भनाई छ। यस्तै वडा नम्बर दुईका वडा अध्यक्ष हेमु बुढथापाले धाँण थपला सामुदायिक बन आफनो क्षेत्र भित्र पर्ने भएको हुदा बनको संरक्षण गर्नु आफनो पनि दाईत्व र कर्तब्य भएको बताउनु भयो। वडा अध्यक्ष बुढथापाले धाँण थपला देउडा समाजको यो कार्य सम्मान योग्यो भएको बताउनु भयो। वृक्षारोपण संगसंगै देउडा समाजले देउडा पनि प्रस्तुत गरेको थियो। देउडा मार्फत वातवरणलाई संरक्षण गर्न सबैले पहल चाल्नु पर्ने बताइएको हो ।

सम्बन्धित शीर्षक