जुम्लामा एक बर्षमा ३१ सवारी दुर्घटना ,१० जनाको ज्यान गयो

गत आर्थिक वर्ष २०७८÷०७९ मा जुम्ला जिल्लाभर ३१ वटा सवारी दुर्घटना भएका छन् । जसमा १० जनाले ज्यान समेत गुमाए। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी साहयक हवलदार पवन कुमार शाहिका अनुसार जिल्लाका बिभिन्न ठाउमा सवारी दुर्घटनामा परी १० जनाले ज्यान जुमाएका हुन। २०७८⁄०७९मा सवारी बाट ज्यान गुमाउनेमा आठ पुरुष र दुई महिला गरी जम्मा १० जना रहेका छन। जिल्लाभर दुर्घटनामा परी जम्मा ६६ जना घाइते भएका छन् । जसमा १८ जना गम्भिर खाईते भएका थिए भने ४८ जना सामान्य घाइते भएका हुन। जिप, ट्याक्टर, बस, ट्रक र मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । २०७८ छ महिना २१ गते गोठिचौरमा अटो दुर्घटना हुदा गणेश जैसीको ज्यान गएको थियो भने अटोबाटै चन्दननाथ चार कि अनिता चौधरीको पनि ज्यान गएको हो। यस्तै २०७८ आठ महिना चार गते पातारासीमा जिप दुर्घटना हुदा दन्तकली बाहोरा र बिरेन्द्र बोहोराको ज्यान गएको थियो,त्यसैगरी २०७८ आठ महिना १५ गते सिंजामा बस पल्टिदा बस चालक र सहचालक नबिन रावल र विसाल बमको ज्यान गएको हो। यस्तै आठ महिना २५ गते गोठिचौर पाँचमा ट्याक्टर पल्टिदा हर्क बहादुर परियारको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका साहयक हवलदार पवन कुमार शाहीले बताउनु भयो। यस्तै आठ महिना २७ गते कनकासुन्दरीमा ट्याक्टर दुर्घटना हुदा मुगु जिल्लाका धनराज टमटाको मृत्यु भयो भने २०७८ नौ महिना १२ गते हिमामा एक पुरुष नानु गिरीको मृत्यु भएको र सिंजामा चन्दननाथ सातका सन्तोस नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सवारी दुर्घटना हुनुका मुख्य कारण भनेका मादक पर्दाथ सेवन गरी सवारी चलाउनु,कच्चि बाटोमा पनि धेरै स्पिडमा सवारी चलाउनुले सवारी साधन अनियन्त्रित भई दुर्घटानमा पर्ने गरेको प्रसह शाहिको भनाई छ।

सम्बन्धित शीर्षक