नगरपालिका सात वडाले एम्बुलेन्स र शव वाहन सञ्चालन गर्ने अध्यक्ष महत

चन्दननाथ नगरपालिका वडा नम्बर सातले ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ। सात नम्बर वडाले एक औपचारीक कार्यक्रमका बिच जेष्ठ नागरीकलाई सम्मान गरेको हो। ७० बर्ष माथिका र अन्य जेष्ठ नागरिक गरी जम्म ९० जना जतिलाई पौष्टिक आहारा मिलोस भन्नका लागी हलिक्स र एक किलो चिनी बितरण गरेको वडा अध्यक्ष गणेश महतले बताउनु भएको छ। आर्थिक बर्ष २०७९⁄८० को बार्षिक बजेट अनुसार लक्षित पिछडिएका बर्गको लागी बिनोयजन गरीएको ४३ हजार सात सय ५० रुपैयाबाट ७० बर्ष भन्दा माथिक जेष्ठ नागरीकलाई सम्मान गरीएको महतको भनाई छ। यस्तै सात नम्बर वडाले १५ जना अपङगता भएका व्यतिmहरुलाई पनि सम्मान गरेको जनाएको छ।। वडाले १० जना क र ख बर्गका र ५ जना जनता अपाङगा छात्रबासमा आश्रित अपङगता भएका व्यतिहरुलाई न्यानो प्रदान गर्नका लागी कम्बल वितरण गरीएको बताएको छ। सात नम्बर वडाले जेष्ठ नागरीकले पाउदै गरेको सामाजिक सुरक्षा भत्ता अबदेखि समयमै पाउने र वडाले जेष्ठ नागरीका समस्यालाई कम गर्नका लागी हरेक महिनाको एक चोटि गाँउघर क्लिनिक सञ्चालन गर्ने भएको छ। वडाले सम्मान गरेको भन्दै जेष्ठ नागरीकहरुले खुसी भएको बताएका छन। यस्तै सात नम्बर वडाले चाडै एम्बुलेन्स र शव वाहन सञ्चालनमा ल्याउने अध्यक्ष महतको भनाई छ। यसै बिच आज चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका सात नम्बर वडाका ४० जना दलितहरुलाई बाखा्र बितरण गरीएको छ।

सम्बन्धित शीर्षक