तातोपानी २ मा नेकपा एमालेका चन्द्रमान बुढाको पुरै प्यानल निर्वाचित

जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाटा वडा अध्यक्षका उम्मेदवार चन्द्रमान बुढाले ३१२ मतले ल्याएर निर्वाचित हुनु भएको हो । नेपाली काँग्रेसका पदम डाँगीलाई पराजित गर्दै बुढा निर्वाचित हुनु भएको हो । नेकपा एमाले वडामा निर्वाचित भएको पहिलो वडा हो ।

निर्वाचित बुढाले ३१२ मत प्राप्त गर्नु भएको छभने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका पदम डाँगीले २४१ मत प्राप्त गरि पराजित हुनु भएको हो । नेकपा माओवादि केन्द्रका अमृत सार्कीले २४१ मत पाउनु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ मा जम्मा ७०० मत खसेको थियो ।

खसेको मत मध्ये बुढाले सबै भन्दा बढी मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन अधिकृत सरोज रिमालले बताउनु भयो । यसैगरि, वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी हुनु भएको छ । उहाँले ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी हुनु भएको हो । प्रत्यासी माओवादी केन्द्रका लोक बहादुर कठायतले २३९ मत प्राप्त गर्नु भएको छ ।

७१ मतान्तरमा कठायतले वडा अध्यक्षमा बाजी मार्नु भएको हो । पालिकामा पनि काँग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ मा जम्मा खसेको ७३० मध्ये पूर्ण ५५ मत बदर भएको छ । वडा नम्बर २ मा ८८१ मत खसेको हो । गणना सुरु भएको छ । एउटा वडाको मत गणना गर्न झण्डै ५ घण्टा भन्दा बढी समय लाग्ने गरेको निर्वाचन अधिकृत सरोज रिमालले बताउनु भयो ।

तातोपानी गाउँपालिका अपडेट

अध्यक्ष
नन्द प्रसाद चौलागाई (काँग्रेस) – २६०
विरवहादुर कुँवर (माओवादि) – २५६
सुरतवहादुर शाही (एमाले) – २९१
हिमालय खत्री (नेकपा एस) – ३१
हस्त कुँवर (नेमकिपा) – २
उपाध्यक्ष
रेउती रावल (माओवादी २५७
ज्वाला चौलागाई (एमाले) २०६
विन्दु अधिकारी (काँग्रेस) २०७
नारायणी चौलागाई (नेकपा एस) ६६

सम्बन्धित शीर्षक