बैजनाथ वडा नम्बर ७ मा दिनेश थारु बलियो उम्मेदवार

नेकपा माओवादी केन्द्र बैजनाथ गाँपालिका वडा नम्वर ७ मा अध्यक्ष पदका उमेदवार दिनेश थारु बलियो उम्मेदवारको रुपमा देखिएका छन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा नम्बर ७ मा वडा अध्यक्ष पदमाझिनो मत अन्तरले हार ब्यहोर्नु परेको बताए ।

तर अहिले आसन्न २०७९ साल बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा उनको निकै चर्चा भएको छ । उनी माओवादी केन्द्र कै बलियो उम्मेद्वार रहेको हुदा नेकपा माओवादी केन्द्रले ७ नम्बर वडा जित्ने निश्चित रहेको पार्टीका गाउँपालिका अध्यक्ष दिपेन्द्र बहादुर शाहले बताए ।

थारु भन्छन “बिगतमा वडा नम्बर ७ धेरै पछाडि पर्यो, अब मैले जिते भने जिल्ला कै नमुना वडा बनाउने प्रतिबद्धता गर्दछु । भ्रष्टाचार मुक्त वडा बनाउने बताए ।

अब्बल एबम अतिनै मिलनसार ब्यक्ती को रुपमा दिनेश थारु आफ्नो परिचय बनाउन सफल भएका छन् । उहाँका अनुसार यो पटक आफ्नो जित सुनिश्चत भएको बताए ।

सम्बन्धित शीर्षक