नेकपा माओवादी केन्द्र बैजनाथ गाउँपालिका वडा नम्बर ७ का अध्याक्ष पदका उम्मेदवार दिनेश कुमार थारु लगायत नेता कार्यकर्ता घरदैलो अभियानमा जुटेका छन् । आज पाटी कार्यलय बाट घरदैलो अभियान शुरु भएको हो ।
वडा नम्बर ७ पेडारी लाई माओवादी मय बनाउँन नेता कार्यकर्ता चुनावी प्रचार प्रसारमा घरदैलो अभियानमा जुटेका हुन । स्थानीय तहको र्निवाचन आउन १२ दिन मात्र बाँकी रहेको छ । वडाको विकासको लागि यो पटक आफ्नो प्यानल लाई विजय गराउन अध्यक्ष पदका उम्मेद्धार थारुले आग्रह गर्नु भयो ।
पहिला देखी जो एउटा पदमा नरहदा पनि समाजमा धेरै विकासका योजना ल्याउँदा स्थानीयबासी थारु प्रति आकर्षित छन । थारु २०७४ मा पनी अध्यक्ष पदमा झिजो मदले पराजित भएका थिए । उनी पराजीत हुँदा पनी समाज सेवामा ओहोरात खटिएका थिए । जो यो पटक जनताको मनमा बस्न सफल भएका छन् ।
स्थानीय थारु भन्छन् , पहिला आफ्ना भनेर भोट हाल्यौं तर सोचे जस्तो र भने विकास भएन । पहिलो पटक भएको ले थाहाँ भएन । यो पटक हाम्रो नभएर राम्रो लाई भोट हाल्ने बताए ।