गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष हरीवहादुर भण्डारीले अध्यक्ष पदबाट राजीनामा दिनुका साथै गाडी बुझाउनु भएको छ । पुन पनि गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने भएकाले उहाँले राजीनामा दिनु भएको हो । अध्यक्ष भण्डारीले उपाध्यक्ष जानदेवि ऐडिलाई राजीनामा पत्र बुझाउनु भएको छ ।
नेकपा माओवादि केन्द्रबाट पुन पनि गाउँपालिका अध्यक्षको टिकट भण्डारीले पाएपछि उहाँले राजीनामा दिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मदन प्रसाद देवकोटाले बताउनु भयो । साथै अध्यक्ष भण्डारीले प्रयोग गर्दै आएको गाडी पनि देवकोटालाई बुझाउनु भएको छ । अध्यक्ष भण्डारीले उक्त गाडि विगत दुई वर्षदेखि प्रयोग गर्दै आउनु भएको थियो ।
आईतबारका दिन गाउँपाकिलाई गाडि बुझानु भएको हो । निर्वाचन आचार संहिता लागु भएकाले सरकारी प्लेट नम्बरको सवारी सार्वजनिक कार्यक्रममा लिएर जान नमिल्ने र अध्यक्ष पदबाट राजीनामा दिएकाले गाउँपालिकालाई नै अध्यक्ष भण्डारीले प्रयोग गर्दै आएको गाडी बुझाएको सहायक स्तर पाचौँका मोति प्रसाद जैशीले बताउनु भयो । उहाँले बुझाउनु भएको गाडी अब गाउँपालिकाले प्रयोग गर्ने जैशीको भनाइ छ ।