कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा पत्रकार केबी गाउँलेको पहिलो स्वतन्त्र उम्मेदवारी दर्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार बाट पत्रकार कृष्ण बहादुर वि.कले पहिलो मनोनयन दर्ता गराएका छन् । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार स्टार मिडीयाका सम्पदाक वि.कले गाँपालिका अध्यक्षमा पहिलो मनोनयन दर्ता गराएका हुन् ।

सोमबार (आज ) निर्वाचन अधिकृतको कार्यालयमा गई उनले मनोनयन दर्ता गराएको कनकासुन्दरी गाउँपालिका निर्वाचन कार्यालय अधिकृत जागुराम चौधरीले न्यूजसरोकार लाई जानकारी दिए ।

विगत लामो समय देखि पत्रकारीता गर्दै आएका पत्रकार वि.कले गाउँपालिका लाई सुन्द बनाउँने उदेश्यले स्वतन्त्र उम्मेद्धार मनोनयन दर्ता गराएको बताए । उहाँका अनुसार अहिले समाज परिवर्तन गर्न र भ्रष्टचार विरुद्ध आवज उठाउँने युवाको खाचो रहेको बताए ।

सम्बन्धित शीर्षक