नेकपा एकीकृत समाजवादी जुम्ला नगर कमिटीका अध्यक्ष थापा र सचिव थापाद्धारा राजिनामा

जुम्ला ः नेकपा एकीकृत समाजवादी जुम्ला चन्दननाथ नगर कमिटीका नगर अध्यक्ष कृष्ण थापा र एकीकृत समाजबादी निकट अनेरास्ववियु जिल्ला कमिटी सचिव हरि थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत राजिनामा दिएका छन् । दुबै जनाले आ–आफ्नो फेसबुकमा स्टाटस राख्दै राजिनामा दिएको बताएका छन् । नगर कमिटीका नगर अध्यक्ष कृष्ण थापाले लेखेका छन्, ‘आजको मिति देखि नेकपा एकीकृत समाजबादी पार्टी सङको अध्याय समाप्त भयको घोषण गेको बताएका छन्।’

भने त्यस्तै एकीकृत समाजबादी निकट अनेरास्ववियु जिल्ला कमिटी सचिव हरि थापाले पनी सामाजिक सञ्जाल फेसकबुकमा स्टाटस मार्फत ‘आजको मिति देखि आफुले पाएको जिम्मेवारीबाट राजिनामा दिदै एस नेकपा एकीकृत समाजवादी पाटीको कार्यकर्ता नभएको बताएका छन्।’

पाटी भित्र विचार वादी भन्दा व्याक्तिवादी हाबी भएको भन्दै पाटीमै बिद्रोह गर्नु परेको सचिव थापाले बताए ।

सम्बन्धित शीर्षक