चन्दननाथ ९ का जेष्ठ नागरिकलाई सम्मान

लक्ष्मी न्यौपाने,
जुम्लाको चन्दननाथ नगरपालिकाका ९ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । ७० बर्ष माथिका ७३ जना र पुर्ण अशक्त ६ जना गरेर ७९ जनालाई सम्मान गरिएको हो । उनीहरुलाई एक कम्मल सहित प्रमाणपत्र प्रदान गरिएको जेष्ठ नागरिक संघ जुम्लाका सदस्य शिवप्रसाद उपाध्यायले जानकारी दिए ।
नयाँ बर्षको अवसरमा उनीहरुलाई सम्मान गरिएको थियो । स्थानीय जगतबहादुर खत्रीले जेष्ठनागरिक सम्मान कार्यक्रमले उत्साह थपेको बताए । उनले भने,‘जेष्ठ नागरिक सम्मान कार्यक्रमले उर्जा थपेको छ । यो कार्यक्रमले निरन्तरता पावस । ’
जेष्ठ नागरिक संघका सदस्य शिवप्रसाद पाण्डेले आगामी दिनमा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने अपेक्षा व्यक्त गरे । शम्भुनाथ ज्ञानकुञ्ज माध्यमिक विधालयका प्रध्यानाध्यापक चन्द्रप्रसाद हमालले सबै व्यक्ति एक पटक जेष्ठ नागरिक हुनुपर्ने भएकोले जेष्ठ नागरिकलाई उचित सम्मान गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘जेष्ठ नागरिक समाजका अमुल्य सम्पति हुन् । उनीहरुको सम्मान गर्नु अहिलेको अपरीहार्य हो । ’ दुर्गा माबि जुम्लाका प्रधानाध्यापक प्रेमबहादुर शाहीले जेष्ठ नागरिकको सम्मान गरेर हौसला थप्नु पर्ने बताए । उनले भने,‘बुढेसकालमा उनीहरुलाई साहरा र साथको खाँचो छ । त्यो खाँचो पुर्ति गर्नु हामी सबैको दायित्व हुन आउ“छ ।’
मेलमिलाप कर्ता भिमबहादुर नेपालीले जुन घरमा आमा बुबा हुदैनन् । त्यो घर शुन्य जस्तै लाग्ने बताउदै उनीहरुको सहयोगी बन्नु पर्ने बताए । अपाङगता सम्बन्धी धेरै काम गरेको भन्दै उनले अनुगमनका क्रममा पनि चन्दननाथ ९ अब्बल देखिएको बताए । जेष्ठ नागरिक संघ जुम्लाका सचिव तुलराज न्यौपानेले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सम्मान पाउनु उत्साहजनक कार्य भएको बताए । जेष्ठ नागरिक संघका अध्यक्ष तिर्थराज भारतीले जेष्ठ नागरिकको हकहित र सुरक्षाका लागि काम गरिरहेको बताए । उनले भगवान सरह मानिने जेष्ठ नागरिकको व्यवस्थापन र सम्मान नै अहिलेको आवश्यकता भएको बताए ।
चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्वीनाथ योगीले स्वास्थ्यका हिसावले नियमित व्यायम गर्नु पर्ने सुझाव दिए । उनले हरेक व्यक्ति स्वस्थ हुन जरुरी छ । त्यसैमा पनि जेष्ठ नागरिक बढि अभ्यास गरेर तन्दुरुस्त हुनु पर्ने बेला आएको छ ।
नगर उपप्रमुख अप्सरादेवी न्यौपानेले जेष्ठ नागरिक र अपांङगता भएका व्यक्ति प्रति सधैं साथ र सहयोग रहीरहने बताइन् । अहिले जेष्ठ नागरिकलाई गाई चराउने र बच्चा हेरालो राख्ने चलन छ । उनले भनिन्,‘ जेष्ठ नागरिक देशको खम्बा हुन । जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ ।’
चन्दननाथ नगरपालिका वडा ९ का अध्यक्ष मीनबहादुर डाँगीले जेष्ठ नागरिकलाई सम्मान गर्न पाउदा भाग्यमानी ठानेको छु । आगामी दिनमा पनि साथ र सहयोग रहनेछ । ’

सम्बन्धित शीर्षक