एकीकृत समाजवादी पार्टी निकट शिक्षक कर्मचारी संगठनको बृहत भेला

नेकपा एकीकृत समाजवादी पार्टी निकट एकीकृत सरकारी कर्मचारी संगठन र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाले बृहत भेलाको आयोजना गरेको छ । संगठनको स्थापना दिवसको अवसरमा बहृत भेलाको आयोजना गरेको हो । पेसागत संगठनलाई पारदर्शी र जवाफदेही बनाउनको लागि बृहत भेला बोलाइएको हो । भेलामा समाज रुपान्तरणको अभियानमा एक्लै भएपनि अगाडी बढ्न सक्नेमा जोड दिइएको थियो ।
संगठन प्रतिको लगानी र मेहनतले मात्र उच्च छवि बनाउन सकिने भन्दै इमान्दार भएर जनताको सेवामा तैनाथ हुन बक्ताहरुले शिक्षक कर्मचारीलाई आग्रह गरेका थिए । बुद्धिजीवि समाज परिषदका केन्द्रीय सदस्य प्रकाशचन्द्र खत्रीले शिक्षक र कर्मचारीको हकहितका लागि इमान्दार भएर प्रस्तुत हुन आग्रह गरे । उनले वैशाख ३० गते हुन लागेको स्थानीयतहको निर्वाचनमा हाम्रो भन्दा पनि हाम्रो अनि राम्रो उम्मेदवार छनौट गर्नुपर्नेमा उनले जोड दिए ।
अहिले गाउँगाउँमा एकीकृत समाजवादीको लहर नै छ । कुनै पनि संगठनमा लागिसकेपछि आफ्नो सिदान्त र विचार प्रति कठोर हुन सक्नुपर्छ, केन्द्रीय सदस्य खत्रीले भने,‘ काम र विचारको तालमेल मिलाएर अघि बढ्नुपर्छ । समाजवादी फस्टाउन कुनै समस्या हुनेछैन । ’
जुम्लामा नेकपा एमाले टुक्रिएको हो । एकीकृत समाजवादी पार्टी सिंगो नै छ । उनले भने,‘विभिन्न भ्रमका पछि लागेर सिदान्त प्रति विचलित हुनुहुदैन् । एकीकृत समाजवादी पार्टीको भविष्य उज्जवल छ । ’
सचिवालय सदस्य कर्मजंग शाहीले शिक्षक कर्मचारीका समस्या साझा भएकोले सबै संगको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । कर्मचारीका समस्य एउटै छन । उनले भने,‘सबै मिलेर समाधान खोजौँ । ’ एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सदस्य कमला धरालाले शिक्षक कर्मचारी मिलेर समाज रुपान्तरणको अभियानमा लाग्नु पर्ने बताइन् । नातावाद,कृपावादले हाम्रो समाजमा सिमा नाघेको छ । उनले भनिन्,‘निरन्तरको लगावले मात्र संगठन मजवुद हुन्छ । संगठनको हीत नै शिक्षक कर्मचारीको हीत हुनेछ । ’
कर्मचारी संगठनका पुर्व केन्द्रीय उपाध्यक्ष जीवनबहादुर भण्डारीले गाउँबस्ती देखि वडास्तर सम्म संगठन विस्तारको कामलाई प्राथमिकता दिनु पर्ने बताए । उनले भने,‘यतिबेला घमण्ड र बलले भन्दा पनि विवेकले काम गर्ने बेला आएको छ । सबैले विवेक प्रयोग गरौँ । शिक्षक,कर्मचारीको हीतमा काम गरेर अघि बढौँ । यही नै संगठनको लागि न्याय हुनेछ । ’
शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष जाज्वल्याराज न्यौपानेले अवको संगठन शिक्षक कर्मचारीको भरोसा बन्नु पर्ने बताए । जुनसुकै शिक्षक,कर्मचारीलाई समस्या पर्दा सघाउने बानीको विकास गर्नु पर्नेमा जोड दिए । शिक्षक,कर्मचारी राम्रो खालको जनशक्ति हो । यो जनशक्तिको सही प्रयोग गरौँ । यसो गर्दा नै संगठनलाई फाइदा हुनेछ । ’ शिक्षक कर्मचारी आशा र भरोसाका केन्द्र हुन,उनले भने । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले पेसागत संगठनको एक्केवद्धता र प्रतिबद्धता निकै प्रसंसनीय रहेको बताए ।
दिगो विकास र सुशासनका लागि एकीकृत समाजवादी पार्टी निकै सचेत भएको उनले बताए । कर्णाली प्रदेशसभा सदस्य समेत रहेका रोकायाले केपी ओलीको तानशाह प्रवृत्ति र मपाइत्वले समाजवादी पार्टीको जन्म भएको बताए । उनले भने,‘समाजवादी पार्टी जनताको पार्टी हो । जनताको हीत विपरितका कुनै कार्य गर्ने छैन् । शिक्षक कर्मचारीको साथले झनै प्रगति गर्दै जाने आशा पलाएको छ । ’
मन्त्री रोकायाले जुम्लामा गठबन्धन नभएपनि चुनावमा एकीकृत समाजवादी पार्टीले राम्रो परिणाम ल्याउने बताए । शिक्षक कर्मचारी लाई भाषा र शैलीले स्थापित गर्ने कुरा हो । उनले भने,‘आगामी निर्वाचनमा आफ्नो गाउँ समाजमा क्रियाशिल भएर परिचालन हुन जरुरी देखिएको छ । आजको भेलाले पनि अघि बढ्ने उर्जा थपेको छ । ’
एकीकृत समाजवादी पार्टीका लेखा आयोग सदस्य तथा कर्मचारी संगठनका नेता रमेश भण्डारीले स्थानीयतहको निर्वाचन मसिनो संग लाग्न निर्देशन दिए । उनले शिक्षक,कर्मचारीको लामो इतिहास मेट्न नदिनको लागि सबै एक हुनुपर्नेमा जोड दिए । पेसागत संगठनका केन्द्रीय अध्यक्ष मोहन महतले पेसागत संगठनको मर्यादा कायम राख्न सुझाव दिए । संगठनलाई बचाइ राख्न र संगठनको बृद्धि विकासमा जोडतोडका लागि लाग्न निर्देशन समेत दिए । महत भेलाको प्रमुख अतिथि समेत थिए । लामा शिक्षक कर्मचारी गरेर ५ सय भन्दा बढिको सहभागिता थियो ।

सम्बन्धित शीर्षक