महेश चौलागाई
जुम्लामा एक हप्ता देखि थुप्रिएको फोहोर खेलाडीहरु र स्थानिय वासीको सहभागितामा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । हाम्रो घर आफ्नो घर आफैले सरसफाई गर्नु पर्छ’ भन्ने नाराका साथ आज बजार सरसफाई भएको छ । जुम्लाको मुटु मानिने जुम्ला सदर मुकाम खंलग बजारमा एक हप्ता देखि फोहोर उठेको थिएन ।
शनिबार जागै कर्णाली संस्थाको आयोजना र चन्दनाथ नगरपालिकाको सयोगमा आज बजार सरसफाई भएको चन्दनाथ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहदुुर बुढ्थापाले बताए । उहाँका अनुासर बजार सरसफाइ समुदायले ,समाज सेवी भावनकाले गर्न सक्ने बताउँनु भयो ।
फोहोर उठ्न ठुला बडा ,राष्टपती आउँन नपर्ने बढ्थापाले बताए । पहिला पनि नगरपालिकाले फोहोर उठाउँदै आएको र बाकि रहेको फोहोर आज उठाएको बताए । रोडमा जताततै व्यापार व्यावासाी र स्थानीयका लापार्वहिले बजार दुर्गन्धित बुढ्थापाले बताउँनु भयो । आज कर्णाली स्पोट कलवका खेलाडीहरु र युवाहरुले बजारको सरसफाई गरेका थिए । धावक हरी बहादुर रोकायले सरसफाई कार्यक्रम अथावा अन्य कामामा बोलाउँदा खेलाडि तत्पर रहेको पनि बताउनु भयो ।
यो नगरवासिको जनचेतनाको रुपमा समेत सरसफाई कार्यक्र भएको कर्णाली स्पोट कलवका सचिव धनराज सुनारले बताए । युवा र स्थानीय स्वाएम आफैले सरसफाई गर्न सक्छै भन्ने जनचेतना फैलाउँन यो कार्यक्रम भएको सुनारले बताए । आज नगरपालिकाको गाडि र स्थानीय युवाहरुको सहभागिमा फोहोर उठेको बताउनु भयो ।