राडिपाखी बुन्न सहज बनाउँदै मेसिन

पछिल्लो समयमा मेसिनले राडिपाखी बुन्न थालेपछि यहाँका किसानलाई निकै सहज बनाएको छ । पहिले एक हप्तामा एउटा राडि या पाखी बुन्दै आएका यहाँका किसानले अहिले मेसिनको प्रयोगले सहजै रुपमा राडिपाखी बुन्न थालेका हुन । हातले राडिपाखी बुन्दै आइराखेका जुम्ला तातोपानी गाउँपालिका ७ सर्मीगाउँका स्थानीय चन्द्रबहादुर कुवर मेसिनले राडिपाखी बुनेर आत्मनिर्भर बन्ने सपना बुनिरहेका छन ।
तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीका स्थानीयको आम्दानीको स्रोत भेडा पालन हो । त्यहाँका स्थानीय अहिले पनि भेडा पाल्ने गरेका छन् । भेडाको ऊन बाट विभिन्न राडिपाखी,स्वीटर,पाखेकोट, मफ्लर,लिउ लगायतका सामाग्री बनाउँदछन । यी सबै सामाग्री बुन्नको लागि पुरानो परम्पराको चाद प्रयोग हुदै आएको थियो ।
एक राडिपाखी,लिउ र पाखेकोट बुन्न करिब एक हप्ता लाग्थ्यो तर कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले मेसिन उपलब्ध गराएर मेसिनबाट राडिपाखी बुन्ने सीप दिएपछि निकै राहत मिलेको स्थानीय बताउँछन ।
मेसिनबाट राडिपाखी बुन्ने सीप २१ जनाले सिकेका छन । उनीहरुले प्रमाणपत्र समेत पाइसकेका छन । पहिलो पटक मेसिनबाट राडिपाखी बन्ने सीप पाउँदा निकै खुसी छौँ । यो कार्यले जीवन निर्वाह गर्ने सहज बाटो सिकाएकोछ । राडिपाखी बुनेर आत्मनिर्भर हुन प्रेरित गरेको छ । कुवरले भने,‘अब राडिपाखी प्रयाप्त बुनेर बजार सम्म लैजाने वातावरण बनाउँछौ ।’
यहाँका स्थानीयलाई दुइ महिनले तालिम प्रदान गरेर दक्ष बनाइएको हो । खाली पुरानै परम्परागत शैलीको सीपले बजार पाउदैन । मेसिनद्वारा बुन्ने सीप आजर्न गरिएको छ । अब सहज हुनेछ । भेडाबाट उत्पादन हुने ऊनबाट राडिपाखी उत्पादन गरी आयआर्जनमा टेवा पुर्याउने उनिहरुको लक्ष्य छ ।
ऊन केलाउने, डोरी वाट्ने तथा राडिपाखी वुन्ने सीप सिकेका हुन । कलाकोसे कुवरले मेसिनबाट राडिपाखी बुनन सहज हुने गरेको बताइन । यो सीपले आत्मनिर्भर हुने आधार बन्नेछ । चुलोचौकोमा र घरायसी काममा व्यस्त देखिने महिलाको लागि जीवन उपयोगी सीप हो । यसबाट लाभान्वित हुनेछौँ,उनले भनिन । खाली भत्तामुखी र अनुदानमुखीको मानसिकता हटाउनुपर्नेमा जोड दिइन ।
पहिला घरमै उत्पादन भएको ऊन फाल्ने काम गरेका थियौं । अव सिप सिकेर सदुपयोग गर्ने र आयआर्जन बढाउने तर्फ लाग्ने छौँ । यो सीप महिलाको हितमा छ । उनले भनिन्,‘घरमा प्रसस्त ऊन पाउँछ । सीप नसिकेका कारण खेर गइरहेको थियो । ऊन खेर जान दिनेछैनौ । ’ प्रशिक्षक धनपति बुढा सीप लिनु र दिनु सजिलो नभएको बताउँछन । यसमा राज्यको ठुलो लगानी छ । अझै जुम्लामा कच्चापदार्थको समस्या छ । राज्यको अर्थतन्त्र रित्ताउनु हुदैन ।’
यो सीप छिटोछरितो छ । गर्न सके फाइदाजनक छ । तर प्रयोग गर्न सक्नु महानता हो । हिमाली लेकमा भेडा पाल्नेका लागि यो सीप अनिवार्य छ । तातोपानी गाउ“पालिकाका अध्यक्ष नवराज न्यौपानेले सीपको उजागर नभएको गुनासो पोखे । सीप भत्तामा सीमित भएका थुप्रै उदाहरण देखिन्छन् । तर सीप थन्काउनु राख्नु राम्रो होइन । राज्यले पछाडी परेका वर्गको जीवनस्तर माथि उकास्न सीप दिएको छ ।
अध्यक्ष न्यौपानले भने,‘जब सम्म व्यवसायी बन्न सकिदैन । तब सम्म समृद्धि संभव हुदैन । सीपको उपयोग गर्नु सबैको कर्तव्य हुन आउँछ । ’ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले राज्यले गरेको लगानी खेर जान नदिन अपिल गरे । सीपको उपयोग राम्रो संग गर्नुस । यस्तै थुप्रै अवसर आउने छन । उनले भने,‘ तर अनुदानको मुख ताक्ने प्रवृत्तिले प्रगति हुदैन । सीप सिकौँ उद्यमी बनौँ भन्ने मुल आसय हो । ’
कार्यक्रम संयोजक रविन्द्र रावलले तालिमको उदेश्य भनेको दिगो सीप आर्जन गर्नु रहेको बताए । सधैंभरि सरकारको सहयोग हुदैन् । दिएर पनि सम्भव हुदैन । उनले भने,‘ माछा मार्नु भन्दा माछा मार्ने जाल बुन्ने सीप सिकाइको छ । अब लाभदायक बनाउने तपाईंको हातमा छ । सीप सिक्नु नै दिगो विकासको एउटा पाटो हो । राडीपाखी उद्योगलाई लोप हुन नदिन यो सीप निकै महत्वपुर्ण हो । ’

सम्बन्धित शीर्षक