कोहलपुरको मेयरमा अर्यालको स्वतन्त्र उम्मेद्वारी घोषणा , आज बाट प्रचारप्रसार अभियानलाई समेत तिब्रता

गणेश रावत

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी देवानन्द अर्यालले घोषणा गरेका छन । उनले आज बाट विधिगत रुपमा प्रचारप्रसार अभियान थालेका छन् । आज विहान एक कार्यक्रम गरी रीवन काटेर चुनावी मैदानमा हुमिएको अर्यालले बताए ।

स्वतन्त्र रुपमा मेयरको उम्मेद्वारी घोषणा गरेको अर्यालले आफ्नो अभियान हार–जीतका लागि भन्दा पनि नगरवासीमा चेतनाको स्तर बृद्धि गर्नका लागि भएको बताएका छन् । नगरवासीको साथ र सहयोग मिलेमा जनताको सुरक्षा, विकास र सुशासनको अनुभुति गर्ने गरि काम गर्ने उनको भनाई थियो । स्थानीय तहको निर्वाचन नजिकीए सँगै विभिन्न राजनितीक दलहरु गाउँगाउँमा प्रचारप्रसारमा हुमिएका छन् ।

तर आज सम्म पनि जनताले चाहे अनुसार विकाश निमार्ण नभएको अर्यालले बताए । हरेक राजनितीक दलको घोषण–पत्र हेर्दा अब विकास गर्नु हुन्छ भन्दै मतदान गरेपनि जनताले आशा गरे अनुरुपको काम हन नसकेको उनको गुनासो थियो । आफ्नो उम्मेद्वारी कुनै राजनीतिक पार्टीगत, व्यक्ति विरुद्ध नभई समाजमा रुपान्तरणका लागि भएको पनि उनले स्पष्ट पारेका छन् । यो कुनै राजनीतिक पाटीगत ,व्यक्ति विरुद्ध नभएर समाजमा भएका व्यथिती विरुद्ध अभियान सञ्चालन गरेको अर्याले बताए ।

म उम्मेदार उठ्दा एक्लैथिए आज तर प्रचारप्रसारमा जादा अरु जनताको साथ सपोट पाउँदा थप उर्जा थपिएको बताए । पहिला आफ्नै घर परिवाले भोट हाल्दैन्कि भन्ने थियो । तर मैले घरपरिवार भन्दा माथि उठेर समाज परविर्तन गर्नु पर्छ भन्ने धारणले अगाडि बढेको बताउनु भयो ।

अबको राजनीति पार्टीको झोलाबाट निस्केको लिस्टबाट नभई जनताको अधिकार र न्यायका निम्ति कार्यक्रम लिर आउनुपर्ने उनको भनाई थियो । आफ्नो उम्मेद्वारी पनि त्यसैलाई सार्थकता दिनका लागि भएको उनले स्पष्ट पारेका छन् । यो अभियान कोहलपुरमा मात्र नभएर देशभर आज बाट सञ्चालन भएको जानारी दिए ।

सम्बन्धित शीर्षक