“कर्णालीको व्यथा”

गणेश रावत

कर्णालीको व्यथा कहिले सुन्ला राजधानिले “कर्णालीको व्यथा”
नेतालाइ केथा जनता छन पुस्तै देखि अध्यारोमा “नेतालाइ केथा ”

हिउँद महिना लागे सँगै तिला गाउँपालिका ६ जुम्लाका ७५ वर्षका गोरे रावत सुर्खेत झर्नु हुन्छ । उहाँको जेठा छोराको घर सुर्खेतको लेखबेसिमा छ । उनका सन्तान ४ वटा छन् । तिन वटा छोरा एउटा छोरी । एउटा सुर्खेत र अर्काे जुम्ला बस्छन । उनि वैशाख महिना जुम्ला जान्छन । मंसिर महिना लागे लगातै कर्णाली प्रदेश राजधानी सुर्खेत आउँछन् । हिँउद महिना जम्लामा अत्याधिक चिसो हुनालेले म हिँउदमा सुर्खेत र वर्षमा जुम्ला जान्छु । रावले आफ्नो पिडा पोख्दै बाउँवाजे देखि अध्यारोमा बस्दै आएको कर्णाली अहिले पनि उहि हाल छ । अध्यारा बाट कहिले मक्त हुनसकेन। उमेर बढ्दै बुढो भए । तर दुख कहिले हटेन । गाउँघरमा  सिँह दरबार आएको अनुभुति भएन । सेवा सुविधा अहिले पनि जनताले पाएका छैनन् । म १५ र्वाको उमेरमा केसेड बोकेर हिन्थे । अहिले त मोबाइल फोन छन सजिलो छ । सुचना पठाउँन पाउँन । पहिला महिना दिन लाग्थ्यो । अहिले पैसा भए सेमेन्डमा कुराकानि हुन्छ । जुक जमाना परिवर्तन भयो । आधुनिक जमाना आयो । तर कर्णाली बासिको मुहार उज्यालो कहिले आएन । झरो र टुकिको भरमा समय विताउँदै आएका छन । कर्णाली प्रदेश भौगोलिक हिसावले विकट छ । तर कर्णालीको पहिचान अरु प्रदेश भन्दा फरक छ । जहाँ अहिले पनि अधिकाअंश ठाउँमा यातायत , विद्युत सेवा पुगेको छैन । १०० औँ वर्ष देखि अध्यारोमा बस्दै आएका कर्णाली जनताक दुख राजधानिले कहिले सुन्दैन । जडिबुटी ,जल ,जमिन , सास्कृति र प्राकृतिको धनि छ । यसको सदुपयोग हुन सकेको छैन । अहिले पनि रोग भोगको चपेटमा छ कर्णाली प्रदेश । सिचाँइ सुविधा नहुदाँ कति जमिन वाजो रहेको छ । रोजगार नहुदा युवा जति विदेशिनु परेको रावतले बताए ।

गाउँमा छैन् विद्युत टावार “मोबाइल छैन् चार्ज”
सुचनाको पहुँच छैन “मेरो विकट गाउँमा ”

सञ्चार र सुचनाको पहुच भन्दा टाढा बस्ती

यहाँ पर्ने अधिकांश बस्ती सञ्चार र सुचनाको पहुच भन्दा टाढा छन । फोन गर्न डाँढाकाडा चड्नु पर्छ । विद्युत सेवा पनि छैन । मोबाइल चार्जर गर्न समेत गारो हुन्छ । घाम लागेको दिनमा मोबाइल चार्ज गर्न पाइन्छ । बादल र मैसममा खरावि आउँदा झरो वालेर बस्छै ”स्थानिय निली बुढाले बताइन । कहाँ मोबाइल चार्जर ? गाउँमा खाद्यन्न बस्तु पाउँदैन । खाद्यन्न बस्तु देखि विकास निमार्णका समाग्री बोकेर लयाउनु पर्ने बाध्यता छ । मालवाहग गाडि भनेकै खच्ड हुन । अहिले सम्मा गाडि गुडेका छैनन् गउँमा । कपडा,चामल ,नुन ,तेल किन्न चार घण्टाको बाटो हिन्नु पर्छ । राष्ट्रिय लाइन जुम्ला पुग्यो तर सदरमुकामा मात्र । तर गाउँ बस्ती अध्यारै छन । कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशतअर्थात् पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युत्को प्रत्यक्ष पहुँचमा छन् । बाँकी १३ लाखअर्थात् ६७ प्रतिशत नागरिक टुकी र दियालोकै भरमा छन् । करिब १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता र सम्भावना रहेको कर्णालीमा पर्याप्त लगानी नहुँदा यहाँका नागरिक बत्तीमुनि अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिक अधिकारकर्मी बताउँछन् ।

बिरामि स्टेचरमा बोक्नु पर्न बाध्यता

गत महिना गोबिन्द रावत कि श्रिमती रंगिला रावतलाई सात महिनाको गर्भावस्थामा अत्यधिक रक्तश्राव भयो । विस्तारै रगत बग्ने क्रम बढ्दै गएपछि परिवार आत्तिएर अस्पताल ल्याउन स्टेचरमा बोकेर रिपिबाट रारा तिर लागे । झन्डै ५ देखि ६ घण्टा लगाएर कर्णाली राजमार्गमा पु–याए । बिहानैदेखि रगत बग्न सुरु भए पनि भौगोलिक विकटता र यातायात पहुँच नभएका कारण रिपिदेखि रारालिही र रारालिहीदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदा ल्याउदै करिब साँझ ५ः१५ बज्यो । तर रगत बग्ने क्रम भने घटेको थिएन् अझ धेरै पानीको धारा जस्तै रगत बगीरहेको थियो । भने रंगिलालाई अस्पताल नपु¥याइँदै उनको साल निस्केको र बच्चा आँधी बाहिर आइसकेको थियो । स्त्री रोग विशषज्ञ तथा प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाह सहितको चिकित्सकको टोलीले रंगिलाको रक्तश्राव रोक्ने प्रयास गर्दा गर्दै बहोस भइन् । १ दिन भेन्टिलेटर र १ दिन आईसीयूमा राखेर उपचार गरेपश्चात् हाल रंगिलाले पुनर्जन्म पाएकी थिइन् । कर्णालीका कति पए बिरामिले बाटोमै ज्यान गुमाएका छन । रंगिला जस्ता कयौं आमाहरुले ज्यान जोखिम राखेर बच्चा जन्माउनु परेको छ । गाउँमा सडक पुगे पनि तिला नदीमा पुल नभएकाले ५ देखि ६ घण्टाको बाटो हिड्नु पर्छ । यातायातको पहुँच नहुँदा भविष्यमा धेरैले ज्यान गुमाउनु पर्ने स्थिति छ । यो जुम्लाको तिलमा मात्र नभई कर्णाली प्रदेशको अधिकांश ठाउँमा छ ।

कर्णालीको भरोसा बन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बासिको मात्र नभैइ कर्णालीको भरोसा बन्दै गएको छ । अहिले प्रतिष्ठान र विषशज्ञ डाक्टर जुम्लामै नभएको भए रंगिलाले अकालमै ज्यान गुमाउने निश्चित थियो । तर, उनको उपचार सफल भयो । उनी जस्ता सयौं महिलाका जटिल समस्याको उपचार गर्न प्रतिष्ठान तयार छ ।” पहिला यस्तै उपचार नपाएर जुम्लाकी धेरै महिलाले मृत्युवरण गर्नुपथ्र्यो । तर, २०६८ यता कर्णाली प्रतिष्ठान स्थापना भएपछि रंगिला जस्तै सयौले पुर्नजन्म पाएका छन् । अहिले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डाक्टर उत्पादन गर्न भएको छ । पहिला अप्रेसको लागि डाक्टर कुर्नु पर्ने बाध्यता हटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर २६ गते एमविविएस लगायतका शैक्षिक कार्यक्रमहरु उद्धाटनपछि मेडिकल हवको तयारी गरिएको छ । जुम्लामा एमविविएस शुरु भएसँगै चहल पहल थप बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारे चौरमा एमविएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ । प्रतिष्ठानले एमविएस शुरु गरे पछि मेडिकल हवको रुपमा अगाडि बढाउन दुई दर्जन वटा भवन निर्माण गर्ने योजना सहित अगाडि बढाईएको डाक्टर निरेश थापाले बताए । उनका अनुसार अव च्यारेलाई प्रतिष्ठानको दिर्घकालिन योजना अनुसार मेडिकल हवको रुपमा बिस्तार गरिनेछ । हिमाली क्षेत्र जहाँ हिउँदे सिजनमा हिउँले ढाकिरहने भागमा सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने छन् । पछिल्लो समय प्रतिष्ठानमा एमविविएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भईसकेका छन् । जुम्लामा प्रतिष्ठानको स्थापना पछि स्वास्थ्य क्षेत्रमा परिर्वतन हुन थालेको छ । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षामा उच्च तहको कक्षाहरु संचालन भईरहेका छन् ।

पिठूउँ भारी काधमा लाम्रो “कहिँले छुटेन”
गरीब जनताको दुखमा आवाज “कहिले उठेन”
कहिले सम्मा बनै गाडि आफै “यातायात अझ पुगेन”

यस्तै धनबहादुर रावतले आफ्नो पालामा भोटाको नुन बोकेको पिडा सुनाउँनु भयो । पहिला घरदेखि खानाको जोहो गर्नको लागि पिठो सबै बोकेर जानु पथ्र्याे । बाटोमा बाँस बस्दै । हप्ता दिन पछि घर पुग्थ्यउँ । पहिलाको जस्तो अहिले छैन । हिले गाडिले सबै घरघरमा पुराउँ छ । तर पनि हाम्रो पालामा जस्तै दुख अहिले पनि हटेन । खाद्यन्न बस्तु किनवेच गर्न चार पाँच घण्टाको बोटा हिडेर जानु पर्ने बाध्यता छ । स्थानिय तह भए यता गाउँगाउमा रोड खनिएका छन । कतिपए ठाउँमा गाडि गुडिसकेका छन् । तर हाम्रो गाउँमा तिला नदिमा पुल छिट्छै बनेर गाडि गुडेको हेर्ने रहर छ । सधै पिठूमा भारी बोक्दम बोक्दै थाकि सकेको बताए । अहिले गाउँमा मालबाहक गाडि भनेकै खच्ड हुन । विकास निमार्ण देखि खाद्यन्न ओसारपोसार गर्ने गरेको बताए । स्थानिय तहको चुनाबमा गाउँगाउँमा सिँहदरवार ल्याउँने आस देखाए । हिले चुनाब जितेर गाउँमा फर्किएका छैन । आफुले अमुल्य मत दिइ चुयिका प्रतिनीधिले आफुले सोचेजस्तो काम नगरेको बताए ।

सम्बन्धित शीर्षक