चन्दननाथ बहुद्धेशिय सहकारी संस्था सुपथ मुल्यको पसल खोलेपछि सर्वसाधारणलाई राहत

जुम्लाको चन्दननाथ बहुद्धेशिय सहकारी संस्था लिमिटेड जुम्लाको जिल्लाको पातारासी गाउँपालिकामा सुपथ मुल्यको सहकारी पसल खोलेपछि सर्वसाधारण नागरिकलाई राहत मिलेको छ । उनीहरु सस्तो,सुलभ मुल्यमै गाउँमा दैनिक उपभाग्य वस्तु खरिद गर्न पाएका हुन । पातारासी ४ की शिवा बोहोराले गाउँमै सस्तो मुल्यमा दैनिक उपभोग्य वस्तु पाउन थालेपछि निकै राहत मिलेको बताइन् । उनले भनिन्,‘एक केजी चिनी,एक पाकेट तेल र एक प्याक चामल खरिद गर्न खलंगा जानु पर्ने बाध्यताबाट मुक्ति मिलेको छ । सस्तोमै आगनमा उपभोग्य बस्तु किन्न पाउँदा खुसी छौँ । ’
पातारासी गाउँपालिकाको लासी बजारमा सहकारीले सुपथ मुल्यको पसल खोलेपछि चामल,तेल,चिनी,ग्यास र आटा जस्ता सबै प्रकारको उपभोग्य सामान पाइन्छ । सुपथ मुल्यको आसपासमा जोडिएका अन्य पसलमा महंगोमा सामान बेचिरहेका छन । उनले भनिन्,‘सुपथ मुल्यको यो पसल सबैको रोजाई हो । ’ जुम्लाको चन्दननाथ वहुउद्देश्यीय सहकारीले दुई वर्षअघि देखि पातारासी गाउँपालिकाको वडा नम्बर ५ लासी बजारमा सुपथ मुल्यको पसल संचालन गरेको छ । अन्य पसल भन्दा सुपथ मुल्य पसलमा प्रत्येक सामानको पचास देखि सय रुपैयाँ सम्म सस्तो पर्ने गरेको स्थानीय बताउँछन ।
सुपथ मुल्य पसल खोलेपछि छोराछोरीको कापीकलममा खर्च हुने रकम जोगिएको महिलाहरु बताउँछन ।सुपथ मुल्यको पसल पछिल्लो समयमा पातारासीका स्थानीयहरुको रोजाइमा पर्ने गरेको शाखा प्रवन्धक जयन्ती बुढाले बताइन् । यहाँ उत्पादन हुने अर्गानिक वस्तुहरूको बजारीकरणमा प्रत्यक्ष फाइदा पुगेको चन्दननाथ सहकारी सस्थाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भन्ने सुपथ मुल्य पसलमा चिनि,तेल,चामल पिठो आटा र ग्यास लगायतका सामान पाइन्छ । दिनमा न्युनतम २० हजार रुपैयाँ देखि ४० हजार रुपैयाँ सम्म कमाइ हुने सामुदायिक इन्चार्ज मायादेवी बुढाले बताइन् ।
यो पसलमा गाउँपालिका भित्रका सबै वडाबाट स्थानीय सामान खरिदको लागि आउने गरेका छन । सहकारीले सुपथ मुल्यको पसल खोल्नुका साथै स्थानीय स्तरमा उत्पादित कृषिजन्य बस्तु समेत खरिद गरेर बजारीकरण गर्ने गरेको छ ।
गाउँपालिका अध्यक्ष लछिमान बोहोरा पालिकाभित्र सुपथ मुल्यको पसल स्थापनाले सर्वसाधारणलाई निकै फाइदा भएको बताउँछन । उनले भने,‘सहकारीले स्थानीय सरकार संगको समन्वयमा सुपथ मुल्यको पसल खोलेको हो ।

सम्बन्धित शीर्षक