आज सार्वजनिक बिदाका कारण एमाले सांसद बानियॉविरुद्ध बुधबारमात्र म्याद थप हुने

नेकपा एमालेका सांसद मोहन बानियाँ जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट सोमबार प्रहरी नियन्त्रणमा परेका थिए ।

उनीबिरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेसंगै बेपत्ता रहेका बानियाँलाई सोमबारमात्रै नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

“जबरजस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएका छौं”, उनले भने । ‘मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार मात्र म्याद थप गरी अनुसन्धान सुरु गरिने छ ।’

सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाण्डौंबाट नेपालगञ्ज आए लगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित शीर्षक