जुम्लाको कनिकासुन्दरी गाउँपालिका–३ का ५७ वर्षीय बिर्ख धामी हिजो १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बासहित हिजो पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त खटिएको टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ स्थित बनदेवी मन्दिरको छेउबाट भालुको पित्त फेला पारेको थियो ।
थप अनुसन्धान गर्दा कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको उनको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा फेला पारी धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बरामद भएको सामग्रीसमेत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ ।