जुम्ला । जुम्लामा ताप्न बालेको आगो शरिरमा सल्किदा जलेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायाको जलेर मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए ।
उहाँका अनुसार चिसोका कारण न्यानो बनाउँनका लागि बालेको आगो ताप्दै गर्दा शरिरमा आगो सल्किन गई रोकायाको उपचारको क्रममा मृत्यु भएको हो ।
बिहीवार दिउँसो ५ बजेतिरको समयमा मृर्तक रोकाया गाउँ नजिकको रानिजंगलमा बाख्रा चराउन गएका थिए । चिसोको कारण आगो बालेर ताप्ने क्रममा एकाएक शरिरमा लाग्न पुगेको रहेछ । रोकायको शरिरमा आगो लागेर चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।”
प्रहरीलाई खवर पुगेपछि रोकायलाई उद्धार गरि उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उपचार गर्ने क्रममा शुक्रवार दिउँसो ३ बजे मृ्त्यु भएको प्रहरीले जनाएको छ ।