अतिविपन्नलाई गाउँपालिकाको निशुल्क स्वास्थ्य बीमा

तातोपानी गाउँपालिकाकी लाउरी रोकाया मानसिक समस्या भएकी महिला हुन । रकम अभावका कारण उनको उपचार हुन सकेको छैन । उपचार अभावका कारण उनी बेवारिसे अवस्थामा छिन । अति विपन्न सुचीमा रहेकी लाउरीको तातोपानी गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ । उनका लागि गाउँपालिकाले ३ हजार पाँच सय रुपैयाँको स्वास्थ्य बीमा गरिदिएको छ । जसले सामान्य भएपनि स्वास्थ्य चेकजाँच र उपचार गराउने अवस्था सिर्जना भएको छ ।
लाउरीलार्ई सड्कमा वेवारिसे अवस्था भेटाएपछि नेपाल पत्रकार महासंघका जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले स्थानीय प्रशासन र प्रहरीलाई खबर गरेर अस्पतालमा उपचार गर्न लगाएकी थिइन । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले आफ्नो गाडीमा अस्पताल पुरयाएर उपचार गराएकी थिइन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेकी अतिविपन्न लाउरीको अब गाँउपालिकाले बीमा गरेपछि निशुल्क उपचार हुनेछ ।
पहिलो पटक गाउँपालिकाले अतिविपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिएपछि स्थानीय चैती बुढा निकै खुसी छिन । अस्पतालमा उपचार गर्न जाँदा स्वास्थ्यबीमा कार्ड खोज्छ । उनले भनिन्‘रकम अभावका कारण बीमा गर्न सकिएको थिएन । कैयन पटक औषधि किन्न नसक्दा घरमा बिराम लुकाएर बसिन्थ्यो ।अब गाउँपालिकाले दिएको स्वास्थ्य बीमा कार्ड लिएर अस्पताल गइन्छ । औषधि उपचार सेवा लिइन्छ । ’
लाउरी र चैती उदाहरण मात्र हुन । उनी जस्ता अति विपन्न नागरिकको सुचीमा रहेका सयौँ जनाको गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ । तातोपानी गाउँपालिकाले जनता संग अध्यक्ष कार्यक्रमको १० लाख रुपैयाँले विपन्न नागरिकको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा गरेको बीमा कार्ड हातमा परेपछि स्थानीय दंग छन ।
गाउँपालिका अध्यक्ष नवराज न्यौपानले पालिका भित्रका अतिविपन्न नागरिकको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएको बताए । उनले भने,‘यहाँका कैयन विपन्न नागरिकले स्वास्थ्य बीमा गरेका छैनन । जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो । अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन । बर्षौ देखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्धत मिल्नेछ । ’
प्रत्येक वडामा गएर स्वास्थ्य बीमा कार्ड बाड्ने तातोपानी गाउँपालिकाको तयारी छ । स्वास्थ्य बीमा कार्ड वितरण कार्य वडा नम्वर ३ बाट प्रारम्भ भएको हो । वडा नम्बर ३ का ५० जनालाई गाउँपालिकामा बोलाएर बीमा कार्ड उपलब्ध गराइसकेको छ । वडा नम्बर ३ का अभिकर्ता रेवति रावल अतिविपन्नलाई तीनहजार पाँच सय र विपन्नलाई दुई हजार रुपैयाँ स्वास्थ्य बीमाको लागि सहयोग गरेको बताउँछिन ।
गाउँपालिकाले थालेको यो कार्य प्रति स्थानीय उत्साहित छन । उनले भनिन्,‘स्वास्थ्य बीमाले स्वास्थ्य उपचारमा निकै प्रभावकारी ल्याउने देखिन्छ । रोग पालेर बसेका नागरिकका लागि निकै राम्रो छ । ’ प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले तातोपानी गाउँपालिकामा जनतासँग अध्यक्ष कार्यक्रम अन्तरगत १० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । यो कार्यले स्थानीय सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि कति संवेदनशिल छ भन्ने प्रमाणित भएको स्थानीय बताउँछन ।
गाउँपालिका अध्यक्ष नवराज न्यौपाने विपन्न र अतिविन्न नागरिक छनौटका लागि वडाध्यक्ष र सचिवलाई निर्देशन गरिएको बताउँछन । अति विपन्नलाई स्वास्थ्य बीमामा लाग्ने सबै रकम बेहोर्छौ,अध्यक्ष न्यौपानेले भने,‘१५ सय रुपैयाँ बेहोर्न सक्ने नागरिकका लागि दुई हजार रुपैयाँ सहयोग गर्छौ । जसले स्वास्थ्यबीमा प्रति उनीहरुको पनि अपनत्व हुन्छ ।

सम्बन्धित शीर्षक