वीरेन्द्रनगर नगरपालिका हप्ता ६ दिन स्वाव संकलन गर्ने

सुर्खेत । काेराेनाकाे तेस्राे भेरियन्ट ओमिक्रोन भाइरसकाे संक्रमण बढेपछि वीरेन्द्रनगर नगरपालिका हप्ता ६ दिन स्वाव संकलन गर्ने भएकाे छ । कर्णाली प्रदेश राजधानी रहेकाे वीरेन्द्रनगर नगरपालिका दैनिक काेराेना परीक्षणका लागि स्वाव संकलन समय बढाएकाे हाे ।

हप्ताको तीन दिन मात्रै संकलन गरिँदै आएको एन्टिजेन परिक्षण र पि.सि.आर. स्वाब संकलन बिहीबारदेखि शनिवार बाहेक अन्य सबै बार गर्ने निर्णय गरेकाे उपप्रमुख माेहनमाया ढकालले जानकारी दिइन् । उनले काेराेना सक्रमण दर ह्वात्तै बढेपछि नागरिकहरूलाइ सहजताका लागि ६ दिन नै स्वाव संकलन गरिने बताइन् ।

‘काेराेनाका लक्षण देखिएका नगरवासीलाइ नगरपालिकाबाट सेवा लिन अनुराेध गर्दछु,’ ढकालले भनिन्, ‘नयाँ भेरियन्ट तिव्र रूपमा फैलिरहेकाले मास्ककाे अनिवार्य प्रयाेग गर्ने र अत्यावश्यक काम बाहेक घर बाहिर नहिड्न पनि आग्रह गर्दछु ।’ उनकाअनुसार बिहीबारदेखि दिउँसाे १ बजेबाट साँझ ४ बजेसम्म नगरपालिकाकाे जनस्वास्थ्य शाखाले स्वाव संकलन गर्नेगरी प्रवन्ध मिलाइएकाे छ ।

सम्बन्धित शीर्षक