गणेश रावत,
कोहलपुर : प्राविधिक शिक्षा विद्यालयमा संचालनको लागि देउराली माध्यमिक विद्यालय जुम्लाका प्राधानाध्यापक राम भजन यदबले माननीय शिक्षा मन्त्री मंदेवेन्द्र पौडेल लाई माग पत्र बुझाएका छन् । उहाँका अनुसार प्राबिधिक शिक्षा विधालय देखि टाढा संचालन भइरहेको हुदा पढ्न चाहने विद्यार्थीलाई समस्या भएकाले विधालयमा प्राबिधिक शिक्षा संचालनको लागि अनुमानि दिन शिक्षा तथा मानव स्रोत केन्द्र सानोठिमी ,भक्तपुरको नाममा निर्देशन गरिदनहुन अनुरोध गरेको पत्रमा उल्लेख गरिएको प्राधानाध्यापक यादवले बताए ।
प्राविधिक शिक्षा संचालनका लागि अन्य सबै पुर्वाधार उपलब्ध भएको विधालय व्यवस्थापन समितिका अध्यक्ष हंस बस्नेतले बताए । विज्ञान तथा प्रविधि मन्त्रालयमा विधालयको स्तर तथा पुर्वाधार विकासको वारेमा छलफल गरि माग पत्र पेश गरेको बस्नेतले बताए । दुर्गम ठाउँमा प्राविधिक शिक्षा पढाइ नहुदा विधार्थीले सास्ती खेप्नु परेको छ ।
आर्थीक अवस्था कम्जोर भएका विधार्थीले टाढा जानू पर्दा कोठा भाडा, खाना खर्च गर्ने पैसा नहुदा मर्कामा परेका छन् । अरू ठाउँमा बस्न, खाना तिर्न पैसा गाउँमा फिसमा बुझाउन सयोग हुने उनले बताए । उक्त अवसरमा पूर्व राज्य मन्त्री गोमा कुवरले उक्त विद्यालयको लागि प्राविधिक शिक्षा पुर्वाधार विकास निर्माण गर्दिँन को लागि शिक्षा मन्त्री सँग आग्रह गर्नु भयो ।