के.बि अछुत
जुम्ला ः नेपाल स्काउटको बि.टि.सि र पि .टि.सि तालिम बुधबारका दिनमा एक कार्यक्रमका बिच समापन भएकाे छ । यहि पुस महिनाकाे ९ गते बाट सञ्चालन भएकाे तालिम बुधबार समापन भएकाे हाे । तालिमा कर्णाली प्रदेश १० जिल्लाका झन्डै २ सय ५० भन्दा बढीकाे सहभागी रहेकाे थियाे । नेपाल स्काउटका तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीका अनुसार समाजका विकृति र विसंगतिहरुको विरुद्ध बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भयाे ।
नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएकाे हाे ।
संयोजक भण्डारीले कर्णाली प्रदेशसहित देशभरका ग्रामिण तहका विद्यालयमा पनि स्काउटको शिक्षा दिइरहेको र अझै त्यसलाई सशक्त ढंगले अघि बढाउनु पर्ने बताउनु भयाे ।नेपाल स्काउटले कर्णाली प्रदेश लगाएत देशका विभिन्न बिद्यालयमा स्काउटको गतिविधि सञ्चालन गर्ने अभियानमा रहेकाे नेपाल स्काउट केन्द्रीय तदर्थ समितिका सदस्य तथा कार्स डाईरेक्टर बिजेन्द्र धाेजले बताउनु भयाे । उहाँका अनुसार बिद्यालय स्तरमा रहेका सबै बिद्यार्थी लाई स्काउट बनाएर एक सफल र अनुसाशित, शभ्य नागरिक बनाउने नेपाल स्काउटको रहेकाे बताउनु भयाे ।
यस्तै समापन कार्यक्रममा बाेल्दै ए .ल .टि तथा ४५३ नम्वरका कार्स लिडर सुरज खनालका अनुसार तालिमा सिकेका ज्ञान र ब्यावाहार लाई आफ्नाे बिद्यालयमा लागू गर्न सुझाव दिनु भएकाे छ । उहाँका बिद्यालयमा गएर सबैले ट्रूप सञ्चालन गरि अभियानमा लाग्न लाई अनुराेध गर्नु भयाे । सबल, सक्षम समाज निर्माण गर्नका लागि अब तपाईहरुको तहबाट राज्यले परिकल्पना गरेको छ । परिकल्पना गरेको चिज भनेको त्यहाँका बालबालिकाहरु, त्यहाँका जुनकुनै समुदायका मान्छेहरु, कुनै पनि समाजका सूचनाका हकबाट, तालिमको दृष्टिकोणबाट एउटा सबल नेतृत्व गर्नको लागि कुनै कुराले अभाव हुने छैन भन्ने महशुस गराउने गरी कर्णालीलाई परिवर्तन गर्नुपर्छ । नेपाल स्काउट कर्णाली प्रदेश संयाेजक कमल बाेहाेराका अनुसार कर्णालीका दुर्गम र बिकट बस्ती बाट आएका सम्पूर्ण स्काउट मास्टरमा आभारी भएकाे बताउनु भयाे । तालिमा सिकेका कुरा लाई सबले आत्मसात गर्न सुझाव दिनु भयाे । कर्णालीका प्रत्यक बिद्यालयमा स्काउट सञ्चालन गर्न कर्णाली प्रदेकाे तर्फ बाट र आफ्नाे ब्याक्तिगत तर्फ बाट हरदम साथ रहेकाे बताउनु भयाे ।स्काउट संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्ध बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भयाे ।