गणेश रावत
जुम्ला । हिमाली जिल्ला जुम्लामा यतिवेला हिउँले सेताम्य भएको छ । आज विहान हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम खलंगा मा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । भने ग्रामिण भेगमा सदरमुकाम भन्दा बढी हिउँ जमेको छ ।
हिमालको नजिकै ग्रामीण भेग उच्च पर्ने भएकाले यहाँ बाक्लो हिउँ जमेर सेताम्य भएको हो । हिमपातका कारण चिसो अत्याधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । यस्तै सदरमुकाममा अहिले चहलपहल न्यून छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।
हिमपात हुँदा जिल्लाका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । सोमबार साँझ देखि जिल्लाको मौसममा फेरवदल आएसँगै बिहान बाट हिमपात भएको छ ।