गणेश रावत
जुम्ला । चेते कुलाल ओडारमा बस्न लागेको १५ वर्ष भयो । अहिले सम्म उनी समक्ष स्थानिय सरकारको राहत पुगेको छैन् । मानव जीवन हेर्दा र भोग्दा धेरै फरक छ । कुनबेला र कहिले के हुन्छ भन्ने कसलाई थाहा हुदैन । नसोचेकै कुरा जीवनमा गुमाउँदा र भोग्नु पर्दाको पिडा केबल भोग्ने लाई मात्र थाहा हुन्छ ।
तेस्तै जीवन जुम्लाको चन्दननाथ नगरपालिका वडा १ निवासी चेते कुलाल ओडारमा बस्दै विताएका छन । वर्ष यामको झरी होस ,या हिँदको कठाङ्गग्रीदो चिसो उनको ओतलाग्ने र बास बस्ने घर भनेकै ओडर हो । कसलाई पो रहर हुन्नर ,राम्रो लगाउँन मिठो खाना उनको लागि महल भनेकै ओडार बनेको छ । कहिले नेपाल आर्मीले दिएको जाकेट त कहिले मागेर कपडा लगाउँने गरेका छन् ।
वेलुकी रात पर्ने बितिकै कसरी न्यानो गर्ने चिन्ता त छदै छ, विहान उज्यालो हुने वित्तिकै भोकको चिन्ताले सताउन थालेको बर्षौ भयो । उनीले ओडारमा बस्दै आएको १५ वर्ष भयो । उनी अहिले अन्दाजी ५६ वर्षका भए । उनको आफ्नो भन्ने यो संसारमा कोहि छैन् । बालापन देखि आमा ,बाबा गुमाउका कुलाल अहिले बेसाहारा भएका छन् । उनी बिहान वेलुकका छाक टार्नका लागी सडकमा भौतरिदै हिडेका छन । पहिला सानो छहँदा माटाको सानो घर थियो । त्यही घरमा पनि एक दिन बझारपात पर्याे ।
वर्षा यामको पानीले उनको घर माथीबाट आएको ढुङ्गगाले घर भत्काई दियो । त्यो दिन उनको घरपरिवारको लागि कालो दिन बन्यो । तेहि वर्ष उनकि आमा वितिन । आमा गुमाएको अहिले ५६ वर्ष भयो । त्यो दिन देखि कुलालको ओडारमा बास भयो । अहिले स्थानीय सरकार आएको झण्डै ५ वर्ष पुग्न लागी सकेको छ । स्थानीय सबैको नजिककै रहेको वडा सरकारले पनि उनी वर्षौ देखी गासबासको खोजी भौतारीएको देखेको छैनन ।
उनको जीवनमा अहिले पनि स्थानीय ,संघ ,प्रदेश सरकार आएको अनुभूति भएन । हिमपातमा होस या वर्खाको भारी बर्षामा होस उनको दैनिकी ओडारमा वितेको छ । सम्पती भनेक एउटा कम्मल, दुई ओटा भाँडा हुन । कोरोना भाईरसमा प्रभावित र विपन्न व्यक्तिलाई राहात वितरण गरियो । तर उनी राहात पाउने व्यक्तिमा परेनन् । सबै बाट ठगिएका कुलाल अहिले पनि बजारमा दिनभर खानाको जोहो गर्न माग्दै हिनेको भेटिन्छन् । नत राम्रो बस्ने ठाउँछ ,न खाने कुरा । अहिले जुम्लाको माईनस डिग्री चिसोमा पनी चेते कुलालको ओडारमै बास छ । अहिले सम्म चेते कुलालले राहत नपाएको गुनासो गरे । नत वडाले सयोग गर्याे न नगरपालिका । आज सम्मा उनीमा सरकारको नजर परेको छैन् ।
कुलालले पाए राहत
स्थानीय प्रशासनलाई कोरोना पिडित विपन्नलाई सहयोग गर्ने राहात कार्यक्रम सहयोग गरेको आईएनएफ नेपालले शुक्रवार आश्यक खाद्यन्न र कम्वल सहयोग गरेको हो । आज ओडारमै पुगेर १० हजार बराबरको राहत दिएको कोभिड राहत बितरण कार्यक्रममा संयोजक फालुरा चौधरीले बताए । उनले भने चामल ,दाल चिनी तेल लागायको राहत दिइएको हो ।
यस्तैे चेते कुलालको स्थानीय वडा सरकारमने सिपारिसमा उनलाइ नागरिकता दिने जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईल बताए । चेतेलाई तत्कालिन राहात मात्रै आवश्यक छनै, उनलाई दिर्घकालिन आवासको लागि
सरोकारवाला गम्भिर भएर लाग्ने निमित्त प्रमुख जिल्ला अधिकारी चौलागाईको भनाई रहेको छ । त्यस्तै चन्दननाथ १ का अध्यक्ष जयबहादुर रावलले चेते कुलालको दिगो व्यवस्थापनको लागी वडा सरकार तयार भएको बताए । उनले भने चेते कुलालको नागरिकता नभएका कारण व्यवस्थापनमा समस्या आएको हो ।