एक बर्ष वित्यो अग्नी पीडितका घर बनेनन्

No description available.
गणेश रावत
जुम्ला ।
एक वर्ष अगाडिको कुरो हो । तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा भिषण आगलागी भयो । आगलागी हुदाँ धन,अन्नपातको ठुलो क्षति भएको थियो । २९ घर जलेर नष्ट भएका थिए । आगो लागेर एकै छिन् जलेका घर एक वर्ष बितिसक्दा पनि बनेका छैनन् ।

तत्काल स्थानीय सरकार, संघ, प्रदेश को पहलमा जेनतेन लत्ताकपडा , खाद्यान्न बस्तु हेलिकप्टरबाट गाउँमा पुग्यो ।
पीडामा मलम लगाउने काम भयो । घर पुरै जलेर खरानी भए । त्रिपाल हालेर बस्नु विकल्प बाहेक अरू छैन् । एक वर्ष बितिसक्दा पनि अहिले घर बनाउने सुरसार छैन ।

पहिला आगलागी हुदाँ प्रदेश सरकारले राहत बितरण गर्दा पाँच लाखमा घर बनाउने अग्नि पीडित लाई आशा देखाईका थिए । तर पछिल्लो समय यस प्रति चासो नदेखिएको अग्नी पिडितले गुनासो गरे ।
अहिले घर प्रदेश सरकारले बनाउने हो कि आफैले बनाउने अग्नि पिडित दोधारमा छन् । छ महिना सम्म बस्ने गरेको घर जल्दा अहिले बस्न समस्या भएको छ । कर्णाली प्रदेश हिमाली जिल्ला जुम्लामा हिउँद समयमा चिसो बढेको छ ।

No description available.

जेष्ठ नागरिक ,बालबालिकालाई समस्या हुने गर्छ । यस्तो कठाङ्ग्रीदो जाडोको समयमा बस्न गा¥हो भएको छ । अहिले अग्नि पिडितले आफै घर बनाउन लागेको अग्नि पिडित शुरेस रोकायले बताए । पहिला घर बनाउने आशा देखाए अहिले भने वास्ता गर्न छाडेको अग्नी पीडित रोकायको भनाई छ ।

सम्बन्धित शीर्षक