कनकासुन्दरीमा टयाक्टर दुर्घटना चालकको मृत्युु

गणेश रावत,
जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ को फुटासिलिमा ट्याक्टर दुर्घटना भएको छ । मुगु जिल्लाको खत्याड गाउँपालिका देखि गोठिज्युला बजार आउदै गरेको ना ७ त ५०८ नम्बरको ट्याक्टर हिजो बेलुका ७ बजे दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुँदा चालक धनराज टमटाको घटना स्थलमै मृत्यु भएको छ ।

खत्याड गाउँपालिका ३ माथि खर्च निवासी २२ वर्षिय टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार दुई जना महिला भने सकुशल रहेका छन्।

आफ्नै लापरबाहीले ट्याक्टर दुर्घटना भएको प्रहरी निरिक्षक यौवन चौधरीले बताए । उनका अनुसार ओरालो बाटोमा एक हातले फोन गर्दै ट्याक्टर स्पिटमा चलाएको हुदा भित्तामा ठोकिएर दुर्घटना भएको हो । ट्याक्टर भित्तामा ठोकीएपछि चालक टमटाको च्यापीएर मृत्यु भएको हो ।

सम्बन्धित शीर्षक