अझै हटेन पिठ्युमा भारी तिला बासिलाई

गणेश रावत,

जुम्ला– जुम्लाको तिला गाउँपालिका का स्थानिय अझै पनि खच्चर को भरमा सामान ढुवानि र्गदै आएका छन् । यहाँको मुख्य बजार मानिने रारा पुग्न तिन चार घण्टा पैदल हिड्नु र्पछ । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चर र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ ।

तेहाँका वडा नम्बर ७, ८ र ९,६ नम्बर वडामा अहिले पनि यहाँका स्थानियले पिठ्युमा खाद्यन्न समान बोक्दै आएका छन् । यहाँ पर्न जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, रिपी घोडेमहादेव निकै दुर्गम र विकट गाउँबस्ती हुन् । जहाँ बिरामि स्टेचारमा बिरामि बोक्नु र्पने बाध्यता यहाँका स्थानियमा छ ।

अहिले गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन । राष्ट्रिय सडक सञ्जाल नजोडिन्जेल सम्मा पिठ्युमा भारि बोक्नु पर्न बाध्यता हुने भएको छ । तिला गाउँपालिका वडा नम्बर १ रारालिहि तिला नदीमाथि गाडी गुड्ने पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिएका हुन् ।

अहिले तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा रहेको स्थानिय मानबहादुर बुढाले बताएका छन् । अहिले यहाँका मालवाहक गाडी भनेकै खच्चर र मानिसको पिठ्युँ नै बनेको छ । सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा स्थानियमा पलाएको उनी बताउँछन् ।

सम्बन्धित शीर्षक