गणेश रावत,
जुम्लाको पातारासी गाउँपालिका कुरीति लाई अन्ते गर्न थालेको छ । समाजमा जरो गाडेर रहेका छुइप्रथा,बालविवाह,बहुविवाह जस्ता कुरीति अन्त्य गर्ने अभियान थालेको हो । छुइप्रथा मध्य तथा सुदुरपश्चिम क्षेबका विभिन्न क्षेत्रमा जरा गाडेर बसेको छ । पहिलो पटक जुम्लाको पातारासी गाउँपालिका महिलाहरुले छुईगोठ मुक्त गरेका हुन । उनीहरु सबैले छुइ प्रथा लगायतका कुरीति अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
तल्फी र पेरे गाउँका महिला तथा पुरुषहरुको अगुवाई तथा पातारासी गाउँपालिकाको महिला तथा बालबालिका शाखा कार्यालय जुम्लाको आयोजना र इटालियन फउण्डेशन सर्वोदय नेपाल जुम्लाको प्राविधिक समन्वयमा दुई गाउँ तथा बस्तीलाई मसिंर १० गते छुइगोठ मुक्त घोषणा गरिएको हो । सामाजिक संस्कार समाज परिवर्तनमा हाम्रो एक्वद्धता छुइगोठ मुक्त समाज बनाउनको लागि नागरिकको प्रतिवद्धता भन्ने नारा साथ अगाडि बढाइएको छ ।
स्थानीय राम शोभा बोहोराले गाउँ छुइगोठ मुक्त भएपछि महिला ७ दिने जेलबाट मुक्त भएका बताइन । छुइगोठ भएको अवस्थामा ७ दिनसम्म छुइगोठमा विभिन्न कष्टका साथ रात विताउने गरेको स्मरण गर्दै उनले अव महिला सचेत भइसकेको जिकिर गरिन ।छुइगोठमा बस्दा विभिन्न रोगबाट संक्रमित हुनुका साथै असुरक्षित हुने गरेकाले सरसफाई गरी घरभित्रै बस्ने अठोट गरेको उनीहरुले बताएका छन ।
पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापााले छुइगोठ अर्थात महिनावारी हुनु भनेको एक प्राकृतिक प्रक्रिया भएको बताए । हामी सचेत नागरिकले समाज रहेको कुस्कारलाई न्यूनिकरण गर्दै सभ्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।सर्वाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले छुइ स्वभाविक प्रक्रिया भएको तर यसको गलत अर्थ लगाएर समस्या बताए । यो कुसंस्कारका रुपमा मौलाएको छुइप्रथालाई समाजबाट निमुलीकरण गर्नुपर्ने देखिन्छ,उनले भने,‘ अब यो अभियानको थालनी भएको छ । ’