
गणेश रावत,
जुम्लामा बालुवा खानीमा पुरिएर दुई जना दिदी बहिनी को मृत्यु भएको छ। तिला गाउँपालिका वडा नंं ९ को धाराखोला स्थित बालुवा खानीमा पुरिँदा सोही ठाउकी वर्ष १९ कि निली रावत र उनकी बहिनी नाता पर्ने वर्ष १५ की निरमाया रावतको मृत्यु भएको हो।
शुक्रबार विहान ७ बजे बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्कीदा पुरिएर दुई जना महिलाको घटना स्थलमै मृत्यु भएको तिला ९ का स्थानीय बिन बहादुर रावतले जानकारी दिए। घटनास्थल जुम्ला सदरमुकामबाट करिब ३५ कोष टाढा रहेको छ।
गाउँलेबाट घटना भएको खबर प्राप्त भए लगत्तै राराबाट प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थल तर्फ गएको र मुचुल्काको लागि जिल्ला जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले जनकारी दिइन। उनका अनुसार प्रहरीको मुचुल्का र घटनाको प्रकृति हेरेर पिडितलाई राहत उपलब्ध गराइने।