सौर्य उर्जाबाट बिजुली बाल्दै गुठिचौर

जुम्लाको गुठिचौर गाउँपालिकाले सौर्य उर्जाबाट बिजुली बाल्ने तयारी थालेको छ । गुठिचौर गाउँपालिका २ मुरुली गाउँमा सौर्य उर्जाबाट बिजुली बाल्न थालिएको हो । गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सौर्य उर्जा निर्माणको एक कार्यक्रमकाबीच शिलान्यस गरेका छन । वडाभित्र रहेका झण्डै २ सय घरधुरीलाइ बिजुलीको पहुँचमा ल्याउनको लागि सौर्य उर्जाबाट बिजुली बाल्न थालिएको उनले बताए ।
बिगत देखि नै यो वडा अन्धकार थियो । हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए । विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो व्यवस्थापन गरिरहेका थिए । अध्यक्ष भण्डारीले भने,‘सदियाँै देखि अन्धकारमा रुमल्लीएका स्थानीयले निकट भविष्यमै सौर्य उर्जाको बत्ति पाउने भए । यो संगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुनेछ ।’

कुनै पनि घर बिजुलीविहन हुने छैनन सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ,उनले भने,‘गाउँगाउँमा सडक,घरघरमा बिजुली,एकघर एक धाराको अवधारणा साकार पार्न लागिरहेका छौँ । यी सबै आधारभुत आवश्यकता हुन । ’

सौर्य उर्जाको लागि ३ करोड ५६ लाख रुपैयाँ विनियोजन भइसकेको छ । ५० वाटको सौर्य उर्जाको बिजुली बाल्ने कामको शुरुवात भइसकेको निमित्त प्रमूख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटाले बताए । उनले सौर्य उर्जाले गरेर गाउँपालिका भित्रका सबै बस्तीमा बिजुली बल्ने भएको बताउँदै अब गुठिचौर गाउँपालिकाका कुनैपनि बस्ती बिजुलीविहिन नहुने बताए ।

प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने,‘सबै घरधुरीमा अझै विद्युत् सेवा पुगेको थिएन । अब छिटै ती सबै घरधुरीमा विद्युत् सेवा पुग्ने अवस्था देखिएको छ ।’ वर्षौंदेखिको बिजुली बाल्ने सपना अहिले पुरा भएको बताउँदै उनले बिजुली बलेपछि अब गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष पृथ्वी बुढाले बिजुली नहुँदा विद्यार्थी र जेष्ठनागरिकलाइ सबैभन्दा सास्ती हुने गरेको बताए । उनले भने,‘अब निकट भविष्यमै अन्धकार हटेर वडाभर उज्यालो छाउनेछ । बालबालिकाले सहज रुपमा लेखपढ गर्न सक्नेछन । बुढाबुढीले उज्यालोमा सहजता पुर्वक बिजुलीको उपभोग गर्न पाउनेछन । ’
तत्कालिन गज्र्याङकोट गाविसका अध्यक्ष गोविन्द अधिकारीले टुकीको भरमा जीन्दगी जीउन निकै थोरै समय भएको बताए । उनले भने,‘केही महिना भित्र झलमल्ल वडा हुनेछ । ’ सौर्य उर्जा निर्माणको काम सकिने वित्तिकै मोबाइल चार्ज देखि विद्युतीय माध्यमबाट हुने काम गर्न सकिने उनले बताए ।
घरमा कहिले बिजुली बल्ला भन्ने धेरैको वर्षौंदेखिको सपना रहेको थियो,उनले भने, ‘वर्षौदेखिको चाहना बल्ल पुरा हुदैँछ । ’

सम्बन्धित शीर्षक