प्लास्टिक मालाले तिहार आएको अनुभूति गरायो

गणेश रावत,

नेपालीहरूको महानपर्व शुभदिपावली (तिहार)नजिकिँदै गर्दा जुम्लामा चहलपहल बढ्न थालेको छ। ग्रामिण क्षेत्र सँगै बजारहरुमा पनि चहलपहल बढ्दै जन थालेको हो । तिहार आय सँगै सहर बजार झिल्लीमील्लि हुदै गएको छ । तिहारको पहिलो दिन काग तिहार आउन दुई दिन मात्रै बाँकी रहँदा जुल्लाका गाउँघरमा घर लिपपोत गर्ने कामको चाप बढेको छ । घरआँगनमा फुलेका फूलहरुले तिहार आएको अनुभव गराएका छन् ।

बजारमा समेत तिहारको सामान किनमेल गर्न र होलसेल पसल मा भीड भाड बढेको छ । दैनिक उपभोग्य सामग्रीहरू चामल, तेल, मैदा, चिनी,माला , टीकाको सामग्री लगायतका उपभोग्य वस्तुहरूको खरिद बिक्री बढेको ब्यापारीले निउज सरोकार लाई जानकारी दिनु भएको छ । यस्तै तिहारमा होलसेल सामाग्री किनमेल हुने फेन्सी पसलहरूमा समेत ग्राहकको भीड बढेको छ ।

अन्य समय प्रायः सुनसान देखिने फेन्सी, कस्मेटिक, खाद्य स्टोर्सहरूसमेत अहिले ग्राहकले भरिभराउ र निकै नै चहलपहल बढेको सम्बन्धित व्यवसायीहरूले बताएका छन् । अन्य समयको तुलनामा दशैँ , तिहारमा बढी उपभोग्य सामग्री चामल, चिनी, तेल, मैदा लगायतका सामग्रीहरूको बढी माग हुने गरेको एक व्यापारीले बताए । अन्य समयको तुलनामा यहाँका व्यवसायीको कारोबारसमेत दोब्बर तेब्बर हुने गर्छ ।

कोरोनाले होटल ब्यावसाय , पसलहरुमा ठुलो घाटा लागेको थियो । तर पछिल्लो समयमा कोरनेना संक्रमित हुनेको सङ्ख्या घट्दै जादा ब्यापार हुदै गएको ब्यापारी जंग रोकायले बताएका छन् ।तिहारमा विषेश गरेर फुलमाला , खाद्यान्न बस्तु वढि विक्री हुने गरेको उहाले जानकारी दिनु भयो ।

पहिला परम्परागत घरमै उब्जाएको फुलेको माला भाई टिका दिन भाइ लाई लगाउने गरिन्थ्यो । जब बजारमा प्लाष्टिकका माला आउन थाले अनि गाउँ घरका फुलको महत्त्व हराउँदै जान लागेको छ । अहिले गाउँघर देखि सहर बजार सम्म प्लास्टिक को मालाले बजार पाउँन थालेको छ । गाउँघरमा लगाएका सयपत्रि ,हजारी फुलको महत्त्व हराउँदै जादा स्थानीय चिन्तामा छन् ।

एक मालाको ३० रूपैयाँ पर्न गरेको ब्यापारी रोकायाले वताएका छन् । भाइ लाई लगाउने प्लास्टिकका माला लगायर भाईटिका मनाउँदै आएका छन् ।

सम्बन्धित शीर्षक