कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा फोहोरमैला ब्यवस्थाप हुन नसकेको ,स्थानीयको गुनासो

गणेश रावत,
जुम्ला कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान भित्र रहेको फोहोर मैला ब्यवस्थाप हुन सकेको छैन् । जुम्लाको मुटु मानिने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा फोहोर ब्यवस्थापन हुन नसक्नु दुख दाय पक्ष हो ।

पछिल्लो समयमा जुम्लि बासिको मुटुको ढुक्कढुकि नराम्रो भएको जुम्लि बासिन्दाले देख्न नचाहने स्थानीय नरेन्द्र सेनुवाले बताएका छन् । उहाँका अनुसार फोर जथाभावी जलाउदा वातावरण प्रदुषण हुनसक्ने सम्भावना रहेको छ । हजारौं मनिसले प्रयोग गरेर जलाएका औषधिका वोतल फोरमैला जथाभावी जलाउदा धुवाधुलोले विभिन्न रोग सर्न सक्ने अर्काे स्थानिय राज बि .कले बताएका छन् ।

त्याहाँ फालिएका फोहोर मैला खुल्ला जलाउदा नजिकै रहेका स्थानीय लाई धेरै असर गरेको बताउँछन् । वोतल पड्किदा र धुवाँधुलोले घरको ढोका फेरेर खाना खानु पर्न बाध्यता भएको छ । फोहोर ब्यवस्थापन नहुदा स्थानीयले दुख खेप्नु परेको छ । यसको ब्यावस्थापन समयमै हुनुर्पनमा स्थानियले जोड दियका छन् ।

सम्बन्धित शीर्षक