आज जुम्लामा भेडा,खसी,भैसी ४ करोड ८७ लाख ९३ हजार ५ सयकोे कारोबार गरियो

गणेश रावत,
दशैँ नजिकिदै गर्दा पाटन वाट भेडा,खसि, ब्यापारिहरुले सदरमुकाम झारेका छन् । आज फुलपाति का दिनबाट भेडा,खसि,रागा,भैसि विक्रिका लागि सदरमुकाम छेपछेप्ति छाएका छन् । दशैँ नेपालिको महान चाड हो । यसको आजवाटै स्थानियले तयारि गरीरहेका छन् । बजारमा स्थानियको भिडभाट वढि रहको छ ।

खसि,भेडा ,बिक्रिवितरण भैइरहेको छ । पशु सेवा शाखा जुम्लाले भेडा,खसी,भैसी विक्रिवितरण कति भय भन्ने थह पाउँन डाटा सङ्गकलन गरेको छ । बाहिरा जिल्ला बाजुरा,हुम्ला,मुगु,दार्चुला बाट ५सय ३९भेडा जुम्ला सदरमुकाम खलङ्ग बजारमा विक्रिका लागि ल्याको छ । भने त्यस्तै खसि १सय ३ र रागा,भैसी ७४ वाहिर जिल्लावाट ल्याको पशु विकाश शाखा सयोजक विरवहादुर रावलले बताउनु भयको छ ।

स्थानिय भेडाको मुल्य रु २५ हजार र न्युन्नतम मुल्य रु ८ हजार ,औषत मुल्य १६ हजार ५सय ले विक्रिबितरण गरेको जानकारि दिनु भयो । त्यस्तै ढोलर भेडाको अधिक्तम मुल्य रु ३६ हजार न्युन्नतम् मुल्य रु २०हजार औषत मुल्य रु २८ हजारमा बिक्रिगरेको डाटामा उल्लेख गरियको छ । स्थानीय खसिको अधिक्तम मुल्य रु २५ हजार , न्युन्नतम मुल्य रु ८ सय , औषत मुल्य रु १६ हजार ५ सयमा विक्रिभयको छ । खसिको अधिक्तम मुल्य रु ३६ हजार, न्युन्नतम मुल्य रु २० हजार ,औषत मुल्य रु २८हजारमा बिक्रि भैईरहेका छन् ।

रागा,भैसीको अधिक्तम मुल्य रु ४८ हजार, न्युन्नतम मुल्य रु ३६ हजार,औषत मुल्य रु ४२ हजार मा विक्रिभयको रावलले वताउँनु भयो । भेडाको खरिद बिक्रि कारोबार जम्मा रु ३ करोड ३३ लाख ४६ हजार ५०० भयको छ भने त्यस्तौ १ करोड २३ लाख ४२ हजार खसिको खरिद बिक्रि कारोबार भयको छ । रागो भैसी खरिद बिक्रि वितरण ३१ लाख ८ हजार कारोवार भयको पशु शाखा कार्यलयको डाटा रहेको छ । जम्मा रु ४ करोड ८७ लाख ९३ हजार ५ सय यो वर्षको खरिद विक्रि कारोबार भयको छ ।

सम्बन्धित शीर्षक