गणेश रावत,
जुम्लाको गोठिचैर गाउपालिका ३ झारझोलामा भालुको आक्रमण बाट दामदोसाका स्थानीय हिमा लामाको मृत्यु भएको छ। अन्दाजि ६५ वर्षीय लामाको मृत्यु भएको हो । उहाको सरिरमा नङ्ग्रा ले कोतारेको र पोटमा पुवाल, गर्धन सहित निकाले को थियो ।आज साँझ साढे पाँच बजे तिर भालुले आक्रमण गरेको स्थानीय नरदिप भण्डारीले वताउनु भएको छ ।
झारझोला विधालयको नजिक लामालाई आक्रमण गरेर अर्को स्थानीय नरदिप भण्डारी को घर १०मिटर नजिक आयर घरपरिवार जोखिम रहेको र ढुङगाले हानेर उता तर्साएर भगायको वताउनु भएको छ। उता गयर फेरि फर्केर आयर लामाको मृत्यु भएको हो ।
मृत्यु पछि भालुले आकंता फैलाए पछि जिल्ला प्रहरी कार्यालय मा खबर गरेर सस्त्र प्रहरी,नेपाली सेना ,आर्मी,सबैको सहकार्य मा भालुलाई गोली हानेर मारियको डियसपि दान बहादुर थापा ले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई पनि घटना स्थलमै पुग्नु भएको थियो।
वन डिभिजन कार्यालय को गाडी गयर भालु र लास लाई सदरमुकाम खलंगामा लेईयको छ । भोली पोस्टमार्टम गरेर काम अगाडि बढाउने बताउनु भयो छ ।