वनस्पति संरक्षणमा सबैको हातेमालो आवश्यक ः प्रमुख बस्नेत

लक्ष्मी न्यौपाने,
वनस्पति अनुसन्धान केन्द्र जुम्लाका प्रमुख रमेश बस्नेतले यहाँ पाइने वनस्पतिको संरक्षण गर्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका छन । उनले कणरलीमा विभिन्न प्रकारका वनस्पति पाइने गरेको भन्दै अब संरक्षणको आवश्यक रहेकोमा जोड दिए ।
अहिले वनस्पति अनुसन्धान केन्द्र जुम्लामा ६१ प्रकारका फुलफुल्ने वनस्पति छन । उनले वनस्पतिको संरक्षणले मात्र हाम्रो वातावरण सुन्दर र हराभरा हुने बताए । अनुसन्धान केन्द्रमा रहेका वनस्पतिको बैज्ञानिक नामाकरण,अध्ययन अनुसन्धान र क्षमता अभिवृद्धिमा जोड दिएको प्रमुख वस्नेतले बताए ।
उनले भने,‘वनस्पतिको वैज्ञानिक नामाकरण गर्ने, अनुसन्धान गर्ने र जनचेतना फैलाउने यो अनुसन्धान केन्द्रको मुख्य ध्याय हो । यसले यहाँको जीविकोपार्जनमा समेत सहयोग पुर्याउछ ।
वनस्पति अनुसन्धान केन्द्र माताहतमा नेपालमा १२ वटा वनस्पति उद्यान निर्माण गरिएको छ । जसमध्ये जुम्लाको धिताचौर पनि एक हो । धिताचौरमा रहेको वनस्पति उद्यान आन्तरिक पर्यटनको केन्द्र बनेको छ ।
प्रमुख बस्नेतले थपे,‘जीवनका लागि वनस्पति,वनस्पति हाम्रोसम्पति भन्ने मान्यता स्थापित गर्न जरुरी छ । अनिमात्र सबैको भलो हुन जान्छ । ’
उनले यहाँ उत्पादित वनस्पति किसानलाई दिने गरेको बताए । अहिले कणरली प्रदेशको हुम्ला र जुम्लाका पातारासी गाउँपालिकाका २ वटा वडा,गुठिचौरका २ वटा वडाका समुहलाई अतिसको बीउ वितरण गरिएको छ । अतिस खेतिले प्रयाप्त आर्थिक आयआर्जन गर्नुका साथै यसले ज्वरोको बिरामीलाई औषधिको रुपमा काम गर्छ ।
अतिसको जरा प्रतिकेजी १ हजार २ सय रुपैयाँ देखि एक हजार पाँच सय रुपैयाँ सम्ममा बिक्रि हुने गरेको छ । यसको जराको मुल्य ४० देखि ६० हजार रुपैयाँ सम्ममा बिक्रि हुने गरेको छ । उनले भने,‘अहिले तेस्रो लहरको बीउ पाउन कठिन छ । सबैले वनस्पतिको संरक्षण गरौँ । यसका लागि सबैको हातेमालो आवश्यक छ ।’

सम्बन्धित शीर्षक