६० वर्षीय वृद्ध कस्तुरीकाे विनासहित पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले एक होटलबाट कस्तुरीको विनासहित दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१२ भावर टोलमा रहेको आशा होटलबाट कस्तुरीको विनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा दैलेख घर भइ हाल भावर टोलमा सीता होटल सञ्चालन गर्ने २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दननाथ नगरपालिका–२ का ६० वर्षीय रनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत स्रोतले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट कस्तुरीको दुई ओटा विना समेत फेला पारेको छ । यसबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षक