काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान ९इन्द्र जात्राको लिङ्गो उठाउने गरिएको छ। हनुमानढोका परिशरमा बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरएको हो।
कोरोना संक्रमणको जोखिमको कारण गत वर्ष पूजा विधि मात्र गरिएको इन्द्रजात्राको इन्द्रध्वजोत्थान यसपाली सम्पूर्ण बिधिबिधान अनुसार उठाइएको छ। आज उठाइएको लिङ्गोको छनौटदेखि उठाउने समयसम्म र जात्रा सकिएपछि ढाल्ने सम्मको विधि साइत हेरेर गर्ने चलन छ। जसअनुसार भदौ २३ गते बुधबार बिहान १०स्५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो। त्यसै दिन बेलुकी ७स्२७ मा लिङ्गोका लागि रूख काटिएको थियो।
लिंगोका लागि रूख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो। भदौ २९ गते बिहान १०स्३४ बजे भोटाहिटीबाट लिङ्गोलाई नगर प्रवेश गराइएको थियो। इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ।
असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ। असोज ८ गते नानिचा यात्रा गरिसकेपछि त्यसै दिन राति १०स्३६ बजे इन्द्रध्वज पतन अर्थात् लिंगो ढालिने साइत छ। इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार गई जात्रा अवलोकन गर्ने कार्यक्रम रहेको छ।