सुर्खेत । जाजरकोटमा थप २ जना बालबालिकामा दादुरा संक्रमण भएको छ । भेरी नगरपालिका १ रावतगाउँका ८ वर्षिया भवानी बिक र ११ महिने यसुधा रानामा दादुरा संक्रमण भएको हो ।
शुक्रबारमात्रै रावतगाउकी ९ बर्षिया रन्जीता विकलाई दादुरा पुष्टी भएको थियो । रन्जितालाई संकमण देखिएपछि दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएका सोही ठाउँका १८ जना बालबालिकाको स्वास्थ परीक्षणका लागि स्वाव संकलन गरिएको थियो ।
ती मध्ये दुई जनालाई संक्रमण पुष्टि भएको सामुदायिक स्वास्थ्य केन्द्र पिपेका इन्चार्ज दलराज विकले जानकारी दिए । सरकारले दादुरा विरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । निःशुल्क खोपसमेत ति बालबालिकाले खोप लगायका थिएनन् ।
खोप नलगाएकै कारण ती बालबालिकामा दादुरा संक्रमण भएको इन्चार्ज विकले बताए । कोरोना महामारीपछि धेरै बालबालिकाले दादुराको खोप लगाउन छुटाएको हुनसक्ने विक बताउँछन् । सन् २०२३ सम्म नेपाललाई दादुरा मुक्त देश घोषण गर्ने लक्ष्य लिइएको छ।