गणेश रावत ,
कृषि विकास कार्यालय जुम्लाको अनुदानमा थ्रेसर मेसिन पाउदा गाउँघरका किसान खुशी भएका छन् । कृषि विकास कार्यालयले समुदायका समुह लाई थ्रेसर मेसिन ७० प्रतिशत अनुदानमा दिदा खुशी भएको स्थानीयको भनाई छ । तिला गाउँपालिका ६ रिपिमा दुईओटा समुह छन्।
लालिगुराँस समुहका अध्यक्ष उजेली रावत र जगनाथ समुहका अध्यक्ष डिल्ली रावतल रहेका छन्। रिपिमा जम्मा ३५ घरधुरी रहेका छन् । यहाँ परम्परागत रूपमा कृषि पेसा गर्दैआएका रावतले बताउनु भयो । पहिला गैहु चुट्नलाई एक हप्ता दिन लाग्ने गरेको रावतले बताएका छन् । अहिले सहज र सरल उपकरण पाउँदा दुई दिनमै गहुँ चुटेर सकाएको अर्को अध्यक्ष उजेली रावतले बताउनु भयो । गाउँघरका स्थानीय ले ७० प्रतिशत अनुदानमा पाउँदा कृषि विकास कार्यालय लाई धन्यवाद ज्ञापन गरेका छन् ।
सार्थै आगामि आर्थिक वर्षामा साथद सपोट पाइयमा तिला छ रिपी लाई यान्त्रिकरण कृषि मय बनाउने लक्ष्य भयको अध्क्ष रावतले बतायका छन् । पहिला पहिला मेसिन नयाँ देख्दा कतिपय किसान लाई अचम्म समेत लाग्ने गरेको कृषक नौसेर रावतले बताएका छन्। गहुँ चुट्न ,केलाउन बोरामा पनि हाल्न समेत सहजै भयको ७१वर्षाका जेष्ठनागरिक गोर वहादुर रावतले बताउनु भयो ।
आफ्नो पालादेखि लैरीले चुट्टदै पाखुरा दुखाएको रावतले जानकारी दिनु भयो । अहिले पैसा र सिप भयसबै काम सहजै गर्न सकिन्छ । विज्ञान र प्रविधिको जमनामा अब थोरै समयमा धेरै काम गर्न सकिने रावतले बताउनु भयो ।