उद्योग वाणिज्य संघ जुम्लाले आन्तरिक राजस्व कार्यलय परिसर भित्र हेल्प डेस्क स्थापना गरेर सेवाग्राही बाट चर्को शुल्क लिने गरेको पाइएको छ ।
आन्तरिक राजस्व कार्यलयका सम्पुर्ण काम डिजिटल प्रबिधि मार्फत गरिने भएपछि सेवाग्राहीले दुख पाउने गरेका छन् । सेवाग्राहीमा ज्ञान र प्रविधिको कमिले गर्दा उनिहरुले आन्तरिक राजस्व कार्यलय बाट पाउने सेवामा दुख भोग्दै आएका छन् । यसैको सहजीकरण गर्न भन्दै हेल्प डेस्क स्थापना गरेर प्राइभेट भन्दा बढी शुल्क लिइएको पाइएको हो ।
हेल्प डेस्कमा भ्याट – प्यान दर्ता, भ्याट थप, कर चुक्ता लगायतका काम गर्ने गरेको छ । जसमा भ्याट – प्यानको दर्ताको फम भरिदिए बापत ५०० लिने गरेको छ भने कार्यलय बाहिर रहेका प्राइभेटले ३५० रुपियाँ मात्र लिने गरेका छन् । यस्तै, भ्याट थपको लागी प्राइभेटले ५० रुपियाँ मात्र लिदा उद्योग वाणिज्य संघले ३०० रुपियाँ लिने गरेको छ । कर चुक्ताको लागी भने १०० रुपियाँ लिने गरेको हेल्प डेस्कमा कार्यरत कर्मचारी रोजिना रावतले बताइन् । संघले केवल फम भरिदिए बापत हेल्प डेस्कको नाममा कार्यलय भित्रै निकै चर्को शुल्क लिइरहेको छ ।
यता आन्तरिक राजस्व कार्यलयका प्रमुख नारायण प्रसाद शर्माले भने बाहिर २०००-२५०० माग्ने गरेको सेवाग्राहीको गुनासो आएपछि वाणिज्य संघको पहलमा हेल्प डेस्क स्थापना गरिएको जानकारी दिए । हेल्प डेस्कमा बस्ने कर्मचारीको लागी मात्रै न्यून शुल्क लिएको जिकिर गरे ।
यस्तै, उद्योग वाणिज्य संघले भने अहिले आन्तरिक राजस्वका सम्पुर्ण काम अन्लाईन मार्फत गरिएने भएकोले सेवाकै लागी पहिले देखि नै संघको कार्यलय बाट थोरै शुल्कमा यी कामहरु गर्दै आएको तर पछिल्लो समय आन्तरिक राजस्व कार्यलयमा सेवाग्राहीको भिड बढेपछि कार्यलय भित्रै हेल्प डेस्क स्थापना गरिएको बताए । शुल्क बढी लिने कुरोमा आफ्नो ध्यानाकर्षण भएको र संघको आगामी बैठकमा कुरो उठाउने बताए । उनका अनुसार हेल्प डेस्कमा बस्ने कर्मचारीले बदमासी गरेर कहिले पैसा बढी माग्ने गरेको जनगुनासो पनि आइरहेकोले यसबारे छलफल गरिने बताए ।
हेल्प डेस्कमा बस्ने कर्मचारी रोजिना रावतले कहिलेकाही सेवाग्राही हेरेर बढी शुल्क पनि माग्ने गरेको सेवाग्राही सुमिता दमाईले गुनासो गरिन् । उनका अनुसार, नयाँ व्यवसाय दर्ता गर्न र श्रीमानको नाम भएको फर्म बन्द गर्न उनले एक हजार रुपियाँ मागेकी थिइन् । तर आफू संग तेति रुपियाँ छैन भन्दा पछि सात सय रुपिया दिएको बताइन् । यता रावतले फोटोकपी पनि गरिदिएकोले आफुले बढी शुल्क मागेको जनाइन् ।
यता कानुन व्यवसायी अधिवक्ता अनिता तिमिल्सिनाका अनुसार कुनै पनि सरकारी कार्यालयले शुल्क लिनै पर्ने अवस्थामा कानुन बनाएर मात्र शुल्क उठाउन पाउने बताइन् । ‘ तर कानुन बिना कार्यालय भित्र हेल्प डेस्कको नाममा यसरी शुल्क लिनु सरासर गैरकानुनी हो । यो त सरासर लुट्ने काम हो ‘ उनले भनिन् ।
यसरी कार्यालय भित्रै ठगी धन्दा चल्दा पनि आन्तरिक राजस्व कार्यालय भने मुख दर्शक भनेर बसेको छ । कार्यलय भित्र हेल्प डेस्कको लागी न अनुमति छ न त सेवा नै । सरकारी कार्यालय भित्र सेवा लिने हो त्यो पनि निशुल्क तर कार्यलय भित्रै अनलाइन र हेल्प डेस्कको नाममा लुट्ने काम भैरहेको छ । सम्बन्धित निकायले यसमा ध्यान दिनु आवस्यक छ ।