सामाजिक सुरक्षा कार्यान्वयनका लागि ध्यानाकर्षण

सुर्खेत । सामाजिक सुरक्षा कार्यान्वयन गर्न नेपाल ट्रड यूनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशले ध्यानाकर्षण गराएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ लाई अक्षरस्त कार्यान्वयन गर्न जिफन्टले सुर्खेत उद्योग बाणिज्य संघको ध्यानाकर्षण गरेको हो ।


‘ट्रेड यूनियनमा आवद्ध श्रमिक सीप, दक्षता र क्षमताले भरिपूर्ण श्रम शक्ति हो,’ जिफन्टले ध्यानाकर्षण गरेको पत्रमा भनिएको छ, ‘प्रचलित ऐन कानूनअनुसार सञ्चालनमा रहेका सबै उद्योग, प्रतिष्ठान, कम्पनी, संघ, संस्था, फर्म एवम् त्यहाँ कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउन अनुरोध छ ।’

कोषमा आधारित भएका श्रमिकहरुको पारिश्रमिक कट्टा गर्ने तर सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सूचिकृत नगरी श्रमिकको रकम रोजगारदातामा आफैले भोगचलन गरिरहेकाले ध्यानाकर्षण गराइएको जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले जानकारी दिए ।

सम्बन्धित शीर्षक