१४ वर्ष पछि पक्राउ परे गैडाको खाग तस्करी

 बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु गैंडा मारी खाग ओसारपसार तथा खरिद बिक्री कसुरमा संलग्न भई फरार रहेका एक युवकलाई बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुद्वाराले पक्राउ गरेको छ।

साविक बर्दिया गोला ४ हाल राजापुर नगरपालिका वार्ड नं. १ बस्ने रामफल सोनाहलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको एक विशेष टोलीले  प्रकाउ गरेको हो।

नेपाल सरकार द्वारा संरक्षित वन्यजन्तु भित्र पर्ने गैंडा मारी खाग ओसारसार तथा खरिद बिक्रीमा संलग्न भई २०६५ साल देखि फरार रहेका सोनाहलाई निकुञ्जको विशेष टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित शीर्षक