पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

सुर्खेत। अविरल वर्षापछि आएको पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ। सल्यानको बनगाड कुपिन्डे नगरपालिका–११ रैकरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानबाट नेपालगञ्ज जाने र आउने सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन् ।

बिहानैदेखि अवरुद्ध भएको सडक खुलाउन डिभिजन सडक कार्यालयको डोजरले पहिरो पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।

सम्बन्धित शीर्षक