कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न अनुरोध

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले विकल्प खोजेर कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिटो गर्न अनुरोध गरेकी हुन् । कक्षा १२ को परीक्षा स्थगितलाई समितिले अस्वभाविक रुपमा लिएको सभापति घर्तीले बताइन् ।

उनले अगाडि भनिन्, ‘बिना विकल्प दोस्रो पटक कक्षा १२ को परीक्षा स्थगित गरियो । अब छिटो परीक्षा गरेर निकास दिन अनुरोध गर्छु ।’ बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले परीक्षाबारे बोर्डलाई नसोधिएको बताए ।

उनले बैठकमा प्रतिप्रश्न गर्दै ‘परीक्षाको तयारी सकिएपछि परीक्षा रोक्नुपर्‍यो । कुन भेरियन्टले कक्षा १२ को परीक्षा रोकियो’ भनेका थिए । अध्यक्ष पौडेलले परीक्षा रोक्न नहुने बताएका थिए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले परीक्षाबारे छिटो निकास दिनुपर्ने बताए । उनले सकिन्छ भने एकै चोटी र सकिँदैन भने दुई चरणमा परीक्षा गराउन सकिने बताए । बैठक कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेज शुल्कको विषयमा बसेको थियो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
email sharing button

सम्बन्धित शीर्षक