सुर्खेत । मेघा बैंक सुर्खेत शाखाले नेपाल राष्ट्रिय माध्यामीक विद्यालय डाँडास्कुललाई डस्बिन सहयोग गरेको छ । वीरेन्द्रनगर ६ को बिचबजारमा रहेको उक्त विद्यालयमा निस्कने फोहोरलाई व्यवस्थापन गर्नको लागि उक्त सहयोग गरिएको हो ।
बैंकको सामाजिक उत्तरदायित्तव कार्यक्रम अन्तर्रगत उक्त सहयोग गरिएको बैंकका शाखा प्रबन्धक बिक्रम थापाले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा दुईवटा डस्बिन सहयोग गरिएको र आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर गर्ने योजना रहेको छ ।